४ श्रावण २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

साउन महिनाको पहिलो सोमवार: देशभरका शिवालयमा भक्तजनको घुइँचो (तस्बिरसहित)

अ+ अ-

काठमाडौँ । आज साउन महिनाको पहिलो सोमवार । पशुपतिनाथसहित देशभरका शिवालयहरूमा भक्तजनको भीड छ । पशुपतिनाथमा बिहानबाटै चार वटै ढोका खोलिएका छन् ।

वैदिक सत्य सनातन हिन्दु धर्मावलम्बीहरूका लागि धार्मिक तथा सांस्कृतिक रूपमा विशेष महत्त्व मानिने साउनको पहिलो सोमवार आज देशभरका विभिन्न शिवालयहरूमा बिहानैदेखि भक्तजनहरूको उल्लेख्य उपस्थिति रहेको छ ।

साउन महिना र सोमवारलाई भगवान् शिवको उपासनाका लागि सबैभन्दा पवित्र समय मानिन्छ । यस दिन श्रद्धालुहरूले विशेष गरी व्रत बसी भगवान् शिवको पूजा-आराधना गर्ने गर्दछन् । काठमाडौँको पशुपतिनाथ मन्दिर, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वरका साथै मुलुकभरका प्रमुख शिव मन्दिरहरूमा पूजाअर्चना गर्नेहरूको लामो लाम लागेको छ ।

धार्मिक विश्वासअनुसार साउनको सोमवार व्रत बसी शिवको पूजा गर्नाले पारिवारिक सुख, शान्ति र मनोकाङ्क्क्षा पूरा हुने जनविश्वास रहिआएको छ ।

विशेष गरी महिलाहरूले हरियो वस्त्र र श्रृङ्गारमा सजिएर श्रद्धापूर्वक यो पर्व मनाउने गर्दछन् । साउन महिनाभरि नै शिवको विशेष आराधना गर्ने परम्परा भए पनि सोमवारको दिनलाई अझ विशेष रूपमा लिइने गरिन्छ ।

हेर्नुहोस् तस्बिर :

0 Comments