४ श्रावण २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रश्न पत्र चुहावटविरुद्ध भारतमा युवा आन्दोलन चर्कियो

अ+ अ-

एजेन्सी । प्रहरीले अनुमति नदिए पनि शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै युवाहरूको नेतृत्वमा रहेको ‘कक्रोच’ आन्दोलनका हजारौँ समर्थक सोमबार संसद् भवनतर्फ मार्च गर्ने उद्देश्यले नयाँ दिल्लीमा भेला भएका छन् ।

राजधानीको जन्तरमन्तर क्षेत्रमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ भने संसद् आसपास सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रदर्शनकारीहरूले अघि बढ्ने प्रयास गरे झडप हुन सक्ने भन्दै प्रहरीले उनीहरूलाई लाउडस्पीकरमार्फत तितरबितर हुन आग्रह गरेको छ ।

प्रदर्शनमा विद्यार्थी, विभिन्न पेशाका व्यक्तिहरू तथा परिवारसहितका सर्वसाधारण सहभागी भएका छन् । उनीहरूले भारतीय झण्डा बोकेर शिक्षामन्त्री प्रधान र प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध नाराबाजी गरेका छन् ।

‘कक्रोच जनता पार्टी’ नामबाट परिचित यो आन्दोलन मे महिनामा सर्वोच्च अदालतका प्रधानन्यायाधीशले एक फरक मुद्दाको सुनुवाइका क्रममा केही बेरोजगार युवालाई ‘कक्रोच’ (साङ्ला) सँग तुलना गरेपछि सुरु भएको हो । प्रदर्शनकारीहरूले उक्त टिप्पणीलाई व्यङ्ग्यात्मक रूपमा आत्मसात् गर्दै सामाजिक सञ्जालमार्फत आन्दोलनलाई व्यापक बनाएका हुन् ।

मेडिकल कलेज र सरकारी सेवाका प्रवेश परीक्षाको प्रश्न पत्र पटक–पटक चुहिएको घटनापछि बढेको असन्तुष्टिले आन्दोलनलाई थप बल दिएको हो । शनिबार अनशनरत अभियन्ता सोनम वाङचुकलाई प्रहरीले अस्पताल लगेको घटनापछि आन्दोलनले अझ व्यापक समर्थन पाएको छ ।

प्रदर्शनकारीहरू विगत एक महिनादेखि जन्तरमन्तरमा धर्ना दिँदै आएका छन् । उनीहरूले शिक्षामन्त्रीको राजीनामा, परीक्षा प्रणालीमा सुधार तथा प्रश्न पत्र चुहिएपछि आत्महत्या गरेका विद्यार्थीका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन् ।

वाङचुकले सरकारले शिक्षा प्रणालीको सुधारका लागि ठोस प्रतिबद्धता जनाए वा प्रदर्शनकारीलाई संसद्सम्म पुग्न दिएर सांसदहरूले यी मुद्दा संसद्मा उठाउने सुनिश्चित गरेमा मात्र आफ्नो करिब तीन सातादेखिको अनशन अन्त्य गर्ने बताए ।

दिल्ली प्रहरीले भने संसद्को मनसुन अधिवेशन सुरु भएकाले सुरक्षा कारण देखाउँदै मार्चको अनुमति नदिइएको जनाएको छ ।

प्रधानमन्त्री मोदी नेतृत्वको सरकारका लागि यो आन्दोलन सार्वजनिक रूपमा देखिएको दुर्लभ चुनौती बनेको छ । विपक्षी दल, नागरिक अधिकारकर्मी तथा केही बलिउड कलाकारहरूले पनि आन्दोलनप्रति समर्थन जनाएका छन् ।

यद्यपि सरकारका वरिष्ठ मन्त्रीहरूले आन्दोलनप्रति कडा धारणा अपनाएका छन् । शिक्षामन्त्री प्रधानले प्रदर्शनकारीमाथि राष्ट्रविरोधी गतिविधिमा सङ्लग्न भएको आरोप लगाएको छ भने अन्य मन्त्रीहरूले विद्यार्थीहरूको चिन्ता जायज भए पनि आन्दोलनसँग वार्ताको आवश्यकता नरहेको बताएका छन् ।

प्रदर्शनमा सहभागी योग प्रशिक्षक ज्योति राजपुतले शिक्षा प्रणालीमा सुधारका लागि आन्दोलनमा सहभागी भएको बताउँदै सरकार विद्यार्थीहरूको पीडाप्रति संवेदनशील नभएको आरोप लगाए ।

0 Comments