५ श्रावण २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली जडान

अ+ अ-

नेपालगञ्ज । मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यले बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका गाउँमा पूर्वसूचना प्रणाली जडान गरिएको छ ।

वन्यजन्तुको जोखिमबाट स्थानीयलाई जोगाउन कोहलपुर–१३ को खडगवार, राप्तीसोनारी–९ को महादेवपुर, राप्तीसोनारी–८ को बुचापुर तथा राप्तीसोनारी–२ को गोभारपुरमा पूर्वसूचना प्रणाली (साइरन)जडान गरिएको जेडिएसएल नेपालका फिल्ड प्रतिनिधि कमल रेग्मीले जानकारी दिए । उक्त प्रणालीले हात्ती, बाघ, चितुवा, निलगाईलगायत वन्यजन्तुको सम्भावित आक्रमणबारे समयमै सूचना दिई स्थानीयलाई सतर्क हुन सहयोग गर्ने उनले बताए ।

बाँके राष्ट्रिय निकुञ्जका प्रमुख वीरेन्द्र कँडेलले वन्यजन्तुको जोखिम न्यूनीकरणका लागि चार स्थानमा पूर्वसूचना प्रणाली जडान गरिएको जानकारी दिए । उनका अनुसार गत असारमा जिपिएस ट्रयाकिङ प्रणालीसमेत जडान गरिएको छ ।

उनले निकुञ्जबाट बस्ती सुरक्षित राख्न तारबार, मेषजाली, बाख्रासुधार तथा भकारो सुधारका कार्यक्रम सञ्चालन भइरहेको बताउँदै जिपिएस ट्र्याकिङ प्रणालीमार्फत निकुञ्जभित्र हुने गतिविधिबारे जानकारी प्राप्त गर्न सकिने उल्लेख गरे । 

बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकले वर्षौंदेखि जङ्गली हात्तीलगायत वन्यजन्तुको आक्रमणबाट मानवीय तथा अन्नबालीमा क्षति बेहोर्दै आएका छन् । निकुञ्जसँग जोडिएका ओभरी, च्यामा, गोभारपुर र बुचापुर क्षेत्रमा हात्ती–मानव द्वन्द्व बारम्बार दोहोरिने समस्या रहेको छ ।

बुचापुर हात्तीसार केन्द्रका शालिग्राम यादवले गाउँमा हात्तीलगायत वन्यजन्तु पस्नेबित्तिकै साइरन बज्ने भएकाले स्थानीयले समयमै जानकारी पाएर आवश्यक सतर्कता अपनाउने गरेको बताए । यसले मानवीय क्षति हुन नदिन महत्त्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ ।

बाँके राष्ट्रिय निकुञ्जमा नौ वटा जङ्गली हात्ती रहेका छन् । बस्ती सुरक्षित बनाउन तारबार गरिए पनि जङ्गलमा पर्याप्त आहार नपाउँदा हात्तीलगायत वन्यजन्तु बेला–बेलामा बस्तीमा प्रवेश गर्ने गरेका छन् ।

0 Comments