५ श्रावण २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तीन दशकको सेवापछि सचिव किरण राज शर्मा अनिवार्य अवकाशमा

अ+ अ-

२०५२ सालमा कोष नियन्त्रकबाट निजामती सेवा सुरु गरेका किरण राज शर्मा सचिवको पाँचवर्षे कार्यकालसहित करिब तीन दशकको सेवा पूरा गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट अनिवार्य अवकाशमा गएका छन्।

काठमाडौँ । नेपाल सरकारका सचिव किरण राज शर्मा निजामती सेवामा करिब तीन दशक र सचिव पदको पाँचवर्षे कार्यकाल पूरा गरी सोमबारदेखि अनिवार्य अवकाशमा गएका छन्।

२०५२ फागुन २ गते महालेखा नियन्त्रकको कार्यालयमा कोष नियन्त्रकका रूपमा निजामती सेवा प्रवेश गरेका शर्मा २०५९ कात्तिक २२ गते उपसचिव र सोही वर्षको फागुन २४ गते सहसचिवमा बढुवा भएका थिए। उनी २०७८ साउन ४ गते राजपत्राङ्कित विशिष्ट श्रेणी अर्थात् नेपाल सरकारको सचिवमा बढुवा भएका थिए।

निजामती सेवाको अवधिमा शर्माले विभिन्न मन्त्रालय, आयोग तथा सरकारी निकायमा रहेर काम गरे। सहसचिव भएपछि उनले ऊर्जा, वन तथा भू–संरक्षण र सामान्य प्रशासन क्षेत्रका निकायसँगै लोक सेवा आयोगमा जिम्मेवारी सम्हालेका थिए।

उनले गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा समेत काम गरे। त्यस्तै, सूचना तथा सञ्चार मन्त्रालयमा जिम्मेवारी सम्हाल्नुका साथै सूचना तथा प्रसारण विभागको महानिर्देशकका रूपमा पनि कार्य गरे।

सचिवमा बढुवा भएपछि शर्माले बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, हेटौँडामा प्रमुख सचिवको जिम्मेवारी सम्हालेका थिए। त्यसपछि रक्षा मन्त्रालय, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र लोक सेवा आयोग हुँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत रहे।

सचिवहरूको वरीयतामा पहिलो नम्बरमा रहेका शर्मा मुख्यसचिवका दाबेदारमध्ये एक मानिएका थिए। सरकारले गोविन्द बहादुर कार्कीलाई मुख्यसचिव नियुक्त गरेपछि शर्मा निवृत्तिभरण अधिकारपत्र बनाउने प्रयोजनका लागि भन्दै लामो बिदामा बसेका थिए।

निजामती सेवामा लगनशील, इमानदार र सरल प्रशासकका रूपमा परिचित शर्माले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सेवाको औपचारिक अवधि पूरा गरेका हुन्।

0 Comments