काठमाडौँ । ललितपुरको नख्खु फुलबारीबाट २ किलो ७ सय ९३ ग्राम लागू औषध पोल्याडसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका-५ घर भई हाल ललितपुर महानगरपालिका–२५ नख्खु बस्ने २८ वर्षीय तिर्थ बहादुर थोकर रहेका छन्।
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार, नख्खु फूलबारी मार्गस्थित क्षेत्रमा लागू औषध बिक्री वितरण भइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी वृत्त सातदोबाटोबाट खटिएको सादा पोशाकको टोलीले थोकरलाई नियन्त्रणमा लिएको हो। थोकरको साथबाट प्लास्टिकसहित २ केजी ७ सय ९३ ग्राम पोल्याड जस्तो देखिने लागू औषध र १ थान डिजिटल तराजु समेत बरामद गरिएको छ।
प्रहरी परिसर ललितपुरका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार पक्राउ परेका उनीमाथि ५ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ।







