५ श्रावण २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरी’ : विश्वप्रकाश शर्मा

अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले समाजमा बढ्दो निराशा चिर्न सरकार र प्रतिपक्ष मिलेर अघि बढ्नुको विकल्प नरहेको बताएका छन् । 

मंगलवार काठमाडौंमा पार्टीका महामन्त्री गुरु घिमिरेद्वारा लिखित पुस्तक बुद्ध, वीपी र आजका नेता र लिलिपुटका लघुमानव विमोचन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

 उनले आत्मदाहजस्ता गम्भीर घटनालाई राजनीतिक आरोप–प्रत्यारोपको विषय नबनाई सरकार र प्रतिपक्ष मिलेर समाधान खोज्नुपर्नेमा जोड दिए । उनले गणेश नेपालीको आत्मदाहको घटनालाई राजनीतिक बहस वा दोषारोपणको विषय नबनाई मानवीय संवेदनाको रुपमा हेर्नुपर्ने कुरामा पार्टी गम्भीर रहेको पनि बताए। उनले प्रेम आचार्यको आत्मदाहको घटनालाई स्मरण गर्दै नागरिकको असन्तुष्टि र निराशा अझैपनि कम हुन नसकेकोमा चिन्ता व्यक्त गरे । 

उनले भने, ‘केही दिन अगाडि गणेश नेपालीको आत्मदाहको घटना भयो । कतिपयलाई लाग्यो कि गणेश नेपालीले आत्मदाह गरेपछि नेपाली काँग्रेस पार्टीले यसलाई सरकारलाई घेर्ने मुद्दाको रुपमा जबरजस्त उठाउनेछ । तर हामीले साच्यौँ प्रेम आचार्यले पुराना भनिएका दलहरूको पालामा, हाम्रो पालामा यद्यपि नयाँ भनिएकै दलका साथी गृहमन्त्री पनि थिए। त्यही बेलामा आत्मदाह गरे । आखिर हिजो किन त्यसो भयो रु आज पनि कि त्यसो हुँदैछ । 

हिजो हामीसँग किन नागरिक असन्तुष्ट रहे ? अहिले पनि फेरि निराशा किन बढ्दैछ । त्यसैले यो एउटाले अर्कोलाई दोषारोपण गर्ने विषय होइन । यो गम्भीरतापूर्वक सोच्ने कुरा हो कि नेपाली समाजमा यो प्रकारको गम्भीर निराशा किन फैलिदैँछ ? यस निराशासँग जुध्नको लागि सरकार र प्रतिपक्ष हामी सबै सँगसँगै उभिनु पनि छ ।’

उपसभापति शर्माले पुराना राजनीतिक दलहरूको समयदेखि नयाँ भनिएका राजनीतिक दलको समयसम्म सामाजिक निराशा कम हुन नसकेको भन्दै यससँग जुध्न सरकार र प्रतिपक्ष सँगसँगै उभिनुपर्नेमा जोड दिए । 

0 Comments