काठमाडौँ । बुधबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक साढे ६ अंक बढीले घटेको छ। यो समयमा नेप्से परिसूचक ६.६८ अंकले घटेर २७१९.८१ विन्दुमा अडिएको हो।
५७ वटा स्क्रिप्सको ३४ हजार ८३० कित्ता सेयर २ करोड १७ लाख ७३ हजार ८१४ रुपैयाँमा खरिदबिक्री भएको छ भने कारोबारमा आएकामध्ये १० वटा स्टक्सको मूल्य बढ्दा ४२ वटाको घटेको छ ।
४ वटा स्टक्सको मूल्य भने यो समयमा स्थिर रहेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।







