६ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेसमा एकता आवश्यक रहेको एनपी साउदको भनाइ, विशेष महाधिवेशन पक्षधर र अन्यबीच समन्वयमा जोड

अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसका नेता एनपी साउदले पार्टीभित्र देखिएको विभाजन अन्त्य गर्दै एकताबद्ध भएर अघि बढ्न नेतृत्वलाई आग्रह गरेका छन्।

बीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै नेता साउदले पार्टीका लागि लामो समय संघर्ष गरेका नेता तथा कार्यकर्ताहरू पार्टीको आधार भएको बताए।

उनले विशेष महाधिवेशनमा सहभागी भएका र नभएका दुवै पक्षबीच सहकार्य र समझदारी आवश्यक रहेको धारणा व्यक्त गरे। पार्टीभित्रको वर्तमान अवस्थालाई स्पष्ट दिशाविहीन रहेको उल्लेख गर्दै उनले एकताका लागि पहल गर्न नेतृत्वलाई आग्रह गरे।

“पार्टीका लागि दुःख, संघर्ष र योगदान गरेका कार्यकर्ताहरू केवल कुनै पक्षका समर्थक नभई काँग्रेसको विचार र सिद्धान्तका आधार हुन्,” उनले भने।

नेता साउदले विशेष महाधिवेशनमा सहभागी नभएका नेता तथा कार्यकर्तालाई कमजोर रूपमा नहेर्न आग्रह गर्दै उनीहरू पनि पार्टीका विश्वास र भरोसाका पात्र रहेको बताए।

उनले काँग्रेसलाई सशक्त बनाउन सबै पक्षबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै विशेष महाधिवेशनमा सहभागी र असहभागी समूहबीच संवाद र एकताको वातावरण बनाउनुपर्ने बताए।

उनका अनुसार पार्टीभित्र एकता कायम गर्न नसके आगामी राजनीतिक चुनौती सामना गर्न कठिन हुने भएकाले सबै पक्षले साझा उद्देश्यका साथ अघि बढ्नुपर्ने आवश्यकता छ।

0 Comments