६ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्यटन मन्त्री पौडेलद्वारा मझगाउँ विमानस्थल अवलोकन

अ+ अ-

महेन्द्रनगर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित मझगाउँ विमानस्थलको स्थलगत अवलोकन गरेका छन् । 

मन्त्री पौडेलले आज स्थलगत अवलोकन गर्दै विमानस्थल पुनः सञ्चालनका लागि भइरहेको प्रगति र बाँकी रहेका कामबारे सम्बन्धित जानकारी लिएका थिए । 

 अवलोकनका क्रममा उनले राज्यको लगानी खेर जान नहुने बताउँदै विमानस्थलको पुनर्निर्माण देखिएका समस्या समाधान गरिने बताए। त्यसैगरी मन्त्री पौडेलले आजै दोधारा चाँदनीमा निर्माण भइरहेको सुक्खा बन्दरगाहको स्थलगत अवलोकन गरेका छन् । 

विसं २०५८ मा सुरक्षाको कारण देखाउँदै बन्द भएको विमानस्थल त्यसयता सञ्चालनमा आउन सकेको छैन । पुनर्निर्माणका लागि तीन वर्षमा सम्पन्न गर्ने गरी २०७८ सालमा रु ४५ करोड ६६ लाखमा ठेक्का सम्झौता भए पनि विमानस्थलको निर्माण कार्य हाल ७५ प्रतिशत सकिएको छ । पहिलो चरणको निर्माण अवधिको म्याद सकिएपछि एक वर्ष समयावधि बढाइएको छ । एक हजार ५२५ मिटर रन्वे कालोपत्र गर्नुपर्नेमा एक हजार ४५० मिटर रन्वे निमार्ण भएको छ ।

लामो समय जग्गा अधिग्रहणको विवादले निर्माण प्रभावित हुँदै आएको विमानस्थलको रन्वेका लागि गत वर्ष नेपाली सेनाले जग्गा दिएपछि निर्माणले गति पाएको हो । विमानस्थल स्तरोन्नतिका लागि २०७७ सालमा संघीय सरकार, प्रदेश र स्थानीयमा भीमदत्त तथा दोधारा चाँदनी नगरपालिकाले समझदारी पत्रमा हस्ताक्षर गरेका थिए ।

 विमानस्थल पुनर्निर्माणमा भीमदत्त नगरपालिकाको १५ प्रतिशत, दोधारा चाँदनीको १०, सुदूरपश्चिम प्रदेश सरकारको २५ तथा संघीय सरकारको ५० प्रतिशत लगानी रहेको बताइएको छ ।

0 Comments