७ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण

अ+ अ-

बागमती । साल्ट ट्रेडिङ कर्पोरेशन, मकवानपुरले अघिल्लो आर्थिक वर्षमा कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण गरेको छ । वितरणका लागि कार्यालयमा कूल २० हजार ६९ बोरा युरिया मल प्राप्त भएकोमा १७ हजार ४७७ बोरा वितरण भई आवको अन्त्यमा दुई हजार ६७५ बोरा मौज्दात बाँकी रहेको कार्यालय प्रमुख मधुसुदन अधिकारीले जानकारी दिए।

त्यस्तै कार्यालयमा अघिल्लो आवमा २१ हजार ४३५ बोरा डिएपी मल प्राप्त भएकोमा शतप्रतिशत नै वितरण भएको उनले बताए।

कृषि मलअन्तर्गत पोटास तीन हजार १०४ बोरा प्राप्त भएकोमा दुई हजार ९९० बोरा वितरण भई आवको अन्त्यमा ११४ बोरा मौज्दात बाँकी रहेको उनले जानकारी दिए । उनका अनुसार वितरण गरिने मल प्रत्येक बोरामा ५० किलोग्राम रहेको हुन्छ ।

जिल्लामा कृषि मल वितरणको जिम्मा कृषि सामग्री कम्पनी लि र साल्ट ट्रेडिङ कर्पोरेशनलाई हुने गरेकोमा कूल वितरण हुने मल मध्ये ३० प्रतिशत साल्ट ट्रेडिङ कर्पोरेशनले वितरण गर्दै आएको उनले बताए । 

मकवानपुरमा सबै मौसममा विभिन्न खेतीहरू लगाइने भएकाले कृषि मलको माग बढ्दो क्रममा रहेको उनको भनाइ छ । उनका अनुसार कार्यालयमार्फत वितरण हुने मल विभिन्न ८९ वटा कृषि सहकारी एवं संस्थामार्फत किसानसँग पुग्ने गरेको छ ।  

0 Comments