काठमाडौँ । महोत्तरीमा सर्पको टोकाइबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिबास नगरपालिका-१२ बिजलपुराका चन्दन कापरका आठ वर्षीय छोरा विवेक कापर रहेका छन् ।
प्रहरीका अनुसार बुधबार साँझ घर नजिकै रहेको अम्बाको रूखबाट फल टिप्ने क्रममा बालकलाई सर्पले टोकेको थियो । सर्पले टोकेको जानकारी पाएलगत्तै परिवारले उनलाई उपचारका लागि बर्दिबासस्थित जनसेवा अस्पताल पुर्याएका थिए ।
अस्पतालमा उपचार जारी रहेकै अवस्थामा बिहीबार बिहान विवेकको मृत्यु भएको जनसेवा अस्पतालले जनाएको छ ।







