काठमाडौँ । उच्च अदालत पाटनले व्यवसायी शंकरलाल अग्रवाललाई बैंकिङ कसुरसम्बन्धी मुद्दामा अनुसन्धान प्रक्रिया अघि बढाउन पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।
अदालतका न्यायाधीशद्वय अर्जुनप्रसाद कोइराला र कविप्रसाद न्यौपानेको संयुक्त इजलासले उपलब्ध तथ्य र कानुनी आधारका आधारमा अग्रवाललाई थुनामा राखेर मुद्दाको प्रक्रिया अगाडि बढाउन आदेश गरेको हो ।
यसअघि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अग्रवाललाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो । बैंकिङ कसुरसम्बन्धी आरोपमा थप अनुसन्धानका लागि उनलाई अदालतको आदेशअनुसार न्यायिक हिरासतमा राखिएको हो ।









