७ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अनिवार्य अवकाशको तीन साताअघि सचिव डा. शर्माले दिए राजीनामा

अ+ अ-

साउन १ गते पेस गरिएको राजीनामा ४ गतेदेखि लागू हुने गरी मन्त्रिपरिषदबाट स्वीकृत, साउन २४ गते अनिवार्य अवकाशमा जाने तयारीमा थिए शर्मा

काठमाडौँ । नेपाल सरकारका सचिव डा. गोविन्द शर्माले अनिवार्य अवकाशमा जानुभन्दा करिब तीन साताअघि पदबाट राजीनामा दिएका छन्।

साउन २४ गते अनिवार्य अवकाशमा जान लागेका शर्माले साउन १ गते राजीनामा पेस गरेका थिए। उनको राजीनामा साउन ४ गतेदेखि लागू हुने गरी साउन ६ गते बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयस्थित उच्च स्रोतले प्रशासनलाई जानकारी दिएको छ।

मन्त्रालय समायोजनअघि वन तथा वातावरण मन्त्रालयका सचिव रहेका शर्मालाई गत जेठ २६ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको थियो। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसँग सम्बन्धित कार्यको समन्वय गर्ने जिम्मेवारी दिइएको थियो।

जिम्मेवारी पाएपछि शर्मा करिब तीन पटक विमानस्थल पुगेका थिए। विमानस्थलको अवस्था तथा समन्वयसम्बन्धी अध्ययनपछि उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रतिवेदनसमेत बुझाएको स्रोतले जनाएको छ।

मन्त्रालयहरू समायोजन गर्ने क्रममा वरिष्ठ सचिवलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरी कनिष्ठ सचिवलाई मन्त्रालयको जिम्मेवारी दिइएपछि शर्मा असन्तुष्ट बनेको स्रोतको भनाइ छ। त्यसलगत्तै भएको मुख्यसचिव नियुक्तिलाई लिएर पनि केही वरिष्ठ सचिवमा असन्तुष्टि देखिएको बताइएको थियो।

नयाँ आर्थिक वर्ष सुरु भएसँगै विभिन्न सचिवले राजीनामा दिन सक्ने चर्चा प्रशासनिक वृत्तमा चले पनि साउन १ गते शर्माले मात्रै राजीनामा पेस गरेका थिए। उनको राजीनामा स्वीकृत भएसँगै अनिवार्य अवकाशको निर्धारित मितिअघि नै निजामती सेवाबाट बिदा भएका छन्।

0 Comments