९ श्रावण २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भीमसेन थापाप्रति प्रधानसेनापति सिग्देलद्वारा सम्मान अर्पण, राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त

अ+ अ-

काठमाडौँ । राष्ट्रिय विभूति मुख्तियार भीमसेन थापाको २५२ औँ जन्म जयन्तीको अवसरमा प्रधानसेनापति अशोकराज सिग्देलले सम्मान अर्पण गरेका छन् । आज काठमाडौँको धरहरा परिसरमा प्रधानसेनापति सिग्देलले उनको तस्बिरमा माल्यार्पणसहित पुष्पगुच्छा अर्पण गरी सम्मान प्रकट गरेका हुन्। 

सोही अवसरमा नेपाली सेनाको श्री रणभैरव गणबाट सम्मान सलामी अर्पण गरिएको थियो । स्मृति सभा तथा सम्मान अर्पण समारोहमा बोल्दै भीमसेन थापा स्मृति प्रतिष्ठानका अध्यक्ष प्रा.डा. पृथ्वीश्वरप्रसाद तिमिल्सिनाले भीमसेन थापाको कार्यकालमा भएका प्रशासनिक सुधार, परराष्ट्र नीति र सामाजिक गतिविधिहरूलाई अभिलेखवद्ध गर्ने उद्देश्यले पुस्तकहरू तयार पारिएको बताए। 

उनले ती कृतिहरू नेपाली सेना र नीति निर्माताहरूका लागि विशेष महत्त्वपूर्ण हुनसक्ने उल्लेख गरे । प्रतिष्ठानले हालसम्म तीनवटा भाग प्रकाशित गरिसकेको र आगामी वर्षहरूमा अन्य थप डकुमेन्टहरू पनि सार्वजनिक गर्दै जाने लक्ष्य राखेको छ । विशेषगरी युवा पुस्ता र अध्येताहरूका लागि यी सामग्रीहरू ज्ञानको महत्त्वपूर्ण स्रोत हुने विश्वास व्यक्त गरिएको छ । भीमसेन थापाको योगदानलाई जीवन्त राख्न र ऐतिहासिक तथ्यहरूलाई संस्थागत गर्न प्रतिष्ठान सक्रिय रूपमा लागिपरेको तिमिल्सिनाले स्पष्ट पारे । 

प्रा।डा। बुद्धिबहादुर थापाले नेपालको अस्तित्व र राष्ट्रिय स्वाभिमान रक्षाका लागि भीमसेन थापालगायत सम्पूर्ण राष्ट्रिय विभूतिहरूले पुर्‍याएको योगदान अतुलनीय रहेको बताए। उनले पुर्खाहरूले देशका निम्ति बगाएको रगत र दिएको बलिदानबाट प्रेरणा लिँदै नेपालको स्वाभिमानलाई अक्षुण्ण राख्न आगामी पुस्ता सधैँ प्रतिबद्ध हुनुपर्नेमा जोड दिए । उनले आपसी एकता र विकासका लागि सबैलाई हातेमालो गर्न समेत आह्वान गरे ।

कार्यक्रममा बोल्दै बाबुराम सिंह थापाले वर्तमान समयमा राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त गरे । उनले इतिहासका विभिन्न कालखण्डमा देशभक्त र देशद्रोही गरी दुईवटा धार देखिने गरेको उल्लेख गर्दै अहिलेको परिस्थितिमा देशभक्तिको धार रक्षात्मक अवस्थामा पुगेको टिप्पणी गरे । उनले देशभक्तहरूले जस्तोसुकै कठिन परिस्थिति र यन्त्रणा सहेर पनि राष्ट्रका लागि लडिरहने बताए । थापाले अबको समयमा कुनै निश्चित वंश वा जातिका आधारमा नभई सम्पूर्ण देशभक्त नेपालीहरू एकै ठाउँमा उभिएर देश जोगाउनुपर्नेमा जोड दिए । 

विश्व राजनीतिको बदलिँदो र जटिल परिस्थितिका कारण नेपाल जस्ता साना राष्ट्रहरूको अस्तित्वमाथि नै चुनौती थपिएको चर्चा गर्दै उनले यस्तो विषम परिस्थितिमा सबै देशभक्त नागरिकहरू अग्रसर हुनुको विकल्प नरहेको बताए । 

0 Comments