काठमाडौँ । आज संघीय संसदका तीन समितिको बैठक बस्दैछ । संघीय संसद् सचिवालयका अनुसार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक अपराह्न २ बजे बस्नेछ । बैठकमा ‘राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५’को कार्यान्वयनको अवस्थाका बारेमा छलफल हुनेछ ।
विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११:०० बजे बस्नेछ । बैठकमा ‘समितिको आर्थिक वर्ष २०८३/८४ को वार्षिक कार्य योजना’ सम्बन्धमा विस्तृत छलफल हुनेछ ।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान ११:३० बजे बस्नेछ। बैठकमा ‘केन्द्रीय इतिहास विभाग, त्रिभुवन विश्वविद्यालय कीर्तिपुरका पदाधिकारीसँग’ छलफल गर्ने कार्यक्रम छ ।






