११ श्रावण २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सी चिनफिङ विचारधारा’ वैश्विक शासनको वैकल्पिक र सफल मोडेल’

अ+ अ-

काठमाडौँ । चिनियाँ राष्ट्रपति सी चिनफिङले अघि सारेको ‘सी चिनफिङ विचारधारा’ वर्तमान विश्व राजनीतिको एक सफल र वैकल्पिक मोडेल भएको सरोकारवालाहरूले बताएका छन् ।

 चिनियाँ विशेषतासहितको समाजवाद र नयाँ युगका लागि सीले अवलम्बन गरेको नीतिले वैश्विक शासन पद्धतिमा नयाँ आयाम थपेको उनीहरूको निष्कर्ष छ ।

नेपाली कम्युनिष्ट पार्टीका नेता जगन्नाथ खतिवडाले नेपाली कम्युनिष्ट आन्दोलनका कमजोरीहरूको चर्चा गर्दै नेता खतिवडाले चीनबाट मुख्यतया एकता, दीर्घकालीन दृष्टिकोण र योजनावद्ध कार्यशैली सिक्नुपर्नेमा जोड दिए । नेपालमा कार्यकर्ताको सुरक्षा, वैचारिक स्पष्टता र भू–राजनीतिक चेतनाको अभाव रहेको उनको टिप्पणी छ । 

नेपालमा पार्टीलाई स्वार्थ सिद्धिका लागि प्रयोग गर्ने प्रवृत्ति बढ्दै गएको र जनसम्बन्ध कमजोर हुँदै गएकोप्रति उहाँले चिन्ता व्यक्त गरे । नेपालको बहुदलीय लोकतान्त्रिक प्रणाली र चीनको विशिष्ट प्रणाली फरक भएपनि नेपाली कम्युनिष्ट आन्दोलनलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा गम्भीर अनुसन्धान र बहसको आवश्यकता रहेको बताए। 

भ्रष्टाचार नियन्त्रणका लागि चीनले अवलम्बन गरेको टाइगर एन्ड फ्लाइज (ठूला र साना दुवैलाई कारबाही गर्ने) नीतिको प्रशंसा गर्दै खतिवडाले यसलाई सीको कार्यकालको महत्त्वपूर्ण उपलब्धि भएको बताए । सो अभियान अन्तर्गत ७० लाखभन्दा बढीलाई कारबाही गरिएको प्रसंग उल्लेख गर्दै उनले भ्रष्टाचारमा जिरो टोलरेन्स र आत्म–आलोचनाको पद्धतिले पार्टीलाई शुद्धीकरण गरेको बताए ।

उनले भने, ‘नेपालले चिनियाँ कम्युनिष्ट पार्टीबाट मुख्य रूपमा एकता, दीर्घकालीन सोच र योजनाबद्ध कार्यान्वयन सिक्नुपर्छ । हामीमा अत्यधिक विभाजन छ, जसले कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाएको छ ।

 त्यसैले साझा लक्ष्यसहित दीर्घकालीन दृष्टि र रणनीतिमा दृढ प्रतिबद्धता आवश्यक छ । अर्को महत्त्वपूर्ण पक्ष कार्यकर्ताको सुरक्षा हो । राजनीतिक तथा संगठनात्मक रूपमा सक्रिय कार्यकर्ताको सुरक्षा, उपचार र सहयोगका लागि प्रभावकारी व्यवस्था हुनुपर्छ । त्यस्तै, संख्याभन्दा गुणस्तरीय कार्यकर्ता उत्पादनमा जोड दिनुपर्छ । माक्र्सवाद–लेनिनवाद, राष्ट्रिय विकास र भू–राजनीतिबारे स्पष्ट ज्ञान भएका कार्यकर्ता नै संगठनका बलिया आधार हुन्। विचार र सिद्धान्तको गहिरो बुझाइ बिना बनेको ठूलो सङ्ख्याको कार्यकर्ता कुनै पनि बेला पार्टी परिवर्तन गर्न सक्छ। त्यसैले गुणस्तरीय क्याडर निर्माणलाई उच्च प्राथमिकता दिनु आवश्यक छ ।’

पत्रकार गोपाल खनालले चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का महासचिव एवं चिनियाँ राष्ट्रपति सी चिनफिङद्वारा प्रतिपादित ‘सी चिनफिङ विचारधारा’ वर्तमान विश्व राजनीतिको वैकल्पिक र सफल मोडेल भएको बताए। 

खनालले चिनियाँ विशेषतासहितको समाजवाद र नयाँ युगका लागि सीले अघि सारेको विचारधाराले वैश्विक शासन पद्धतिमा नयाँ आयाम थपेको उल्लेख गरे। खनालकाअनुसार सी विचारधारा कुनै भ्रम नभएर नयाँ युगका लागि चिनियाँ विशेषताको समाजवादको व्यवहारिक प्रयोग हो ।

 चीनले विगत चार दशकमा ८० करोड मानिसलाई गरिबीबाट मुक्त गराएको तथ्यलाई खनालले ‘विश्वकै एक चमत्कार’ का रूपमा चित्रण गरे । 

 राष्ट्रपति सीको कार्यकालमा मात्रै झन्डै १० करोड मानिस गरिबीको रेखाबाट बाहिर आएको उल्लेख गर्दै उनले यसको मुख्य श्रेय सीको ‘लक्षित पद्धति’ लाई दिए।  नेताहरूले भाषणमा मात्र सीमित राख्ने विषयलाई सीले निश्चित समयसीमाभित्र परिणाममुखी ढंगले कार्यान्वयन गरेर देखाएको उनको तर्क छ । उनले भने, ‘सी चिनफिङले वैश्विक राजनीतिमा प्रचलित शासन पद्धतिको एक बलियो वैकल्पिक मोडेल खडा गरेका छन् । 

 यद्यपि चीनले आफ्नो विकासको मोडल अन्य देशलाई जबरजस्ती लाद्ने वा निर्यात गर्ने चाहना राखेको छैन । उसले त केवल आफ्ना अनुभव र पाठहरूबाट अन्य विकासोन्मुख देशले लाभ लिन सक्ने बताउँदै आएको छ । अनुशासन र पद्धतिबिना कुनै पनि देश समृद्ध बन्न सक्दैन भन्ने उदाहरण चीनले पेस गरेको छ ।’

भ्रष्टाचार विरुद्धको शुन्य सहनशीलता चीनको समृद्धिको अर्को मुख्य आधार भएको खनालको भनाइ छ । सीको कार्यकालमा करिव ७० लाखभन्दा बढी नेता तथा कार्यकर्तालाई आर्थिक अनियमितता र पदको दुरुपयोगमा कारबाही गरिएको बताए । 

राष्ट्रपति सी चिनफिङ आफैँ विपन्न गाउँहरूमा पुगेर विकासको अनुगमन गर्ने गरेको स्मरण गर्दै खनालले चिनियाँ विकास जनकेन्द्रित रहेको बताए। उनले चीनले विकाससँगै आफ्नो संस्कृति र इतिहासलाई पनि उत्तिकै महत्वका साथ संरक्षण गरिरहेको उल्लेख गरे । 

0 Comments