११ श्रावण २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुनसरी घटनापछि सर्वपक्षीय छलफल जारी

अ+ अ-

काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा भएको घटनापछि उत्पन्न परिस्थितिबारे जिल्ला प्रशासन कार्यालय सुनसरीमा सर्वपक्षीय बैठक जारी रहेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी पोषण लामिछानेका अनुसार जिल्ला प्रशासन कार्यालयमा भइरहेको छलफलमा जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका अधिकारी तथा धार्मिक अगुवाहरू सहभागी छन्। बैठकमा घटनापछिको सुरक्षा अवस्था, शान्ति-सुव्यवस्था कायम गर्ने उपाय तथा आवश्यक समन्वयका विषयमा छलफल भइरहेको जनाइएको छ।

कप्तानगञ्जमा आइतबार राति दुई समूहबीच भएको झडप नियन्त्रण गर्ने क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको थियो।

उक्त घटनामा नौ जना प्रदर्शनकारी र १३ जना प्रहरी घाइते भएको प्रशासनले जनाएको छ। घटनापछि उत्पन्न अवस्थालाई सामान्य बनाउन स्थानीय प्रशासनले विभिन्न सरोकारवालासँग समन्वय र संवादलाई निरन्तरता दिएको छ।

0 Comments