काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से परिसूचक आज सामान्य अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक ३.४४ अंकले बढेर २७०४.७६ विन्दुमा अडिएको हो।
यो समयमा ६० वटा स्क्रिप्सको ८ हजार ४६२ कित्ता सेयर ३६ लाख ५८ हजार ३१३ रुपैयाँमा खरिदबिक्री भएको छ ।
कारोबारमा आएकामध्ये १७ वटा स्टक्सको मूल्य बढ्दा ३४ वटाको घटेको छ । ७ वटा स्टक्सको मूल्य भने यो समयमा स्थिर रहेको छ ।






