काठमाडौं । जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लाभित्र हुने विभिन्न सार्वजनिक तथा निजी कार्यक्रममा डिजे (डिजे) प्रयोगमा रोक लगाएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाद्वारा जारी सार्वजनिक सूचनाअनुसार प्रशासनबाट पूर्वस्वीकृति प्राप्त नभएसम्म वा छुट्टै सूचना जारी नगरिएसम्म जिल्लाभित्र आयोजना हुने मेला, महोत्सव, विवाह, पार्टी, चाडपर्व, धार्मिक कार्यक्रम, पुराणलगायत कुनै पनि प्रकारका कार्यक्रम तथा अन्य स्थानमा डिजे प्रयोग गर्न पाइने छैन।
प्रशासनले जारी गरिएको व्यवस्थाको उल्लंघन गरी डिजे प्रयोग गरेको पाइए प्रचलित कानुनबमोजिम कारवाही गरिने जनाएको छ।
जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचना कार्यान्वयनमा सहयोग गर्न जिल्लावासीलाई आग्रह गर्दै शान्ति-सुरक्षा, सार्वजनिक सुव्यवस्था तथा सामाजिक सद्भाव कायम राख्न सबै पक्षको सहयोग आवश्यक रहेको उल्लेख गरेको छ।







