१२ श्रावण २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्वाचन आयोगलाई स्वतन्त्र र प्रभावकारी संस्था बनाउनुपर्नेमा सांसद केसीको जोड

अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले निर्वाचन आयोगलाई राजनीतिक प्रभावबाट मुक्त, स्वतन्त्र र संस्थागत रूपमा बलियो बनाउनुपर्ने बताएका छन्।

प्रस्तावित निर्वाचन आयुक्त गुरुप्रसाद वाग्लेको संसदीय सुनुवाइका क्रममा बोल्दै सांसद केसीले लोकतान्त्रिक प्रणालीको प्रभावकारिता निर्वाचन आयोगको निष्पक्षता र सक्षमतामा निर्भर रहने धारणा राखेका हुन्।

उनले राजनीतिक दलहरूलाई पारदर्शी, उत्तरदायी र लोकतान्त्रिक मूल्य-मान्यताअनुसार सञ्चालन गराउन निर्वाचन आयोगको भूमिका महत्वपूर्ण हुने बताए। लोकतन्त्रका लागि संवैधानिक निकायहरूको स्वतन्त्र कार्यसम्पादन आवश्यक भए पनि विगतमा यस्ता संस्थाहरू सरकारको प्रभावबाट मुक्त हुन नसकेको उनको टिप्पणी थियो।

सांसद केसीले संवैधानिक संस्थाहरूलाई राजनीतिक दबाब वा प्रभावमा राख्ने प्रवृत्ति लोकतान्त्रिक अभ्यासका लागि उपयुक्त नभएको बताए। राज्यका निकायहरूले कानुन र संवैधानिक जिम्मेवारीअनुसार स्वतन्त्र रूपमा काम गर्न पाउने वातावरण सुनिश्चित गर्नुपर्ने उनको भनाइ थियो।

उनले निर्वाचन आयोगलाई कुनै दल वा राजनीतिक स्वार्थबाट प्रभावित नभई आफ्नो संवैधानिक दायित्व पूरा गर्ने सक्षम संस्थाका रूपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याए।

यसैगरी, आगामी निर्वाचनमा विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अवसर उपलब्ध गराउने विषयमा पनि सांसद केसीले सरकारको ध्यानाकर्षण गराए।

उनले विगतमा विदेशस्थित नेपालीलाई मतदानको व्यवस्था गर्न नसकिएको स्वीकार गर्दै अब आउने निर्वाचनअघि सरकारले आफ्नो प्रतिबद्धता पूरा गर्नुपर्ने बताए। लामो समयदेखि तयारी हुन नसकेको विषयलाई विगतको अवस्थाको कारण देखाएर पन्छाउन नमिल्ने उनको भनाइ थियो।

विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्नु सरकारको जिम्मेवारी भएकाले आवश्यक कानुनी, प्रशासनिक र प्राविधिक तयारी समयमै पूरा गर्नुपर्नेमा उनले जोड दिए।

0 Comments