१२ श्रावण २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुनसरी घटना : सरकारले संवेदनशील परिस्थितिमा पर्याप्त गम्भीरता नदेखाएको एमालेको आरोप

अ+ अ-

काठमाडौँ । नेकपा एमालेले सुनसरीमा देखिएको तनावपूर्ण अवस्थाको व्यवस्थापनमा सरकारको भूमिका प्रभावकारी नभएको टिप्पणी गरेको छ ।

एमाले महासचिव शंकर पोखरेलले जारी गरेको विज्ञप्तिमा नागरिकको सुरक्षा र शान्ति कायम गर्ने जिम्मेवारी बोकेको सरकारले संवेदनशील परिस्थितिमा पर्याप्त गम्भीरता नदेखाएको आरोप लगाइएको छ ।

एमालेले विवाद समाधानका लागि सरोकारवाला पक्षबीच समयमै संवाद र समन्वय आवश्यक रहेको उल्लेख गर्दै राज्य संयन्त्रबाट बल प्रयोग गर्ने शैली अपनाउँदा अवस्था थप असहज बनेको दाबी गरेको छ । यस्ता गतिविधिले सामाजिक तनाव बढाउने र समाधानको बाटो कठिन बनाउने उसको भनाइ छ ।

घटनामा मृत्यु भएका ओमप्रकाश मेहताप्रति श्रद्धाञ्जली व्यक्त गर्दै एमालेले घाइतेको शीघ्र, प्रभावकारी र पूर्ण रूपमा निःशुल्क उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । साथै प्रभावित परिवारलाई उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने जनाएको छ ।

एमालेले सुनसरी घटनाको वास्तविकता पहिचान गर्न निष्पक्ष र उच्चस्तरीय छानबिन आवश्यक रहेको बताउँदै दोषी देखिएकामाथि कडा कानुनी कारबाही गर्न माग गरेको छ । राज्य पक्षले संयमता अपनाउँदै दीर्घकालीन शान्तिपूर्ण समाधानका लागि पहल गर्नुपर्ने उसको आग्रह छ ।

विज्ञप्तिमा राष्ट्रिय एकता, सामाजिक सद्भाव र आपसी सहअस्तित्व नेपाली समाजको महत्वपूर्ण शक्ति भएको उल्लेख गर्दै एमालेले सुनसरीका नागरिकलाई कुनै पनि प्रकारका हल्ला वा अफवाहबाट प्रभावित नहुन आग्रह गरेको छ ।

पार्टीले देवानगञ्जसहित समग्र सुनसरी क्षेत्रका बासिन्दालाई धार्मिक, सामाजिक तथा जातीय सद्भाव कायम राख्दै विगतदेखि कायम रहेको आपसी एकतालाई थप मजबुत बनाउन अपिल गरेको छ ।

0 Comments