काठमाडौँ । जिल्ला अर्घाखाँची, मालारानी गाउँपालिका–६ साकिन्धारामा भरुवा बन्दुक पड्किँदा एक जना घाइते भएका छन् ।
घाइते हुनेमा स्थानीय ३० वर्षीय विष्णु थापा रहेका छन् । मंगलबार दिउँसो करिब १:३० बजे आफ्नै बारीमा बाँदर धपाउनका लागि लोड गरिएको भरुवा बन्दुक बोकेर हिँड्ने क्रममा उनी बारीको डिलमा चिप्लिएका थिए । सोही क्रममा बन्दुक अचानक पड्किँदा उनको दायाँ हातको पञ्जामा चोट लागेको हो ।
घाइते थापाको बुटवलस्थित एडमन सिटी अस्पतालमा उपचार भइरहेको छ भने घटनामा प्रयोग भएको भरुवा बन्दुक नियन्त्रणमा लिनुका साथै घटनाबारे थप अनुसन्धान समेत भइरहेको छ ।






