काठमाडौँ । चीनको उत्तर-पश्चिमी प्रान्त छिङहाईमा मंगलवार भूकम्पका दुई शक्तिशाली धक्काहरू महसुस गरिएका छन् ।
चिनियाँ भूकम्प नेटवर्क केन्द्र (सीईएनसी) काअनुसार मंगलबार बिहान ११:३४ बजे (बेइजिङ समय) छिङहाईको सिङ्हाई काउन्टीमा ५.८ म्याग्निच्युडको भूकम्प गएको हो । केन्द्रले सार्वजनिक गरेको विवरणअनुसार उक्त भूकम्पको केन्द्रबिन्दु ३५.३५ डिग्री उत्तरी अक्षांश र ९९.५८ डिग्री पूर्वी देशान्तरमा रहेको थियो ।
भूकम्प जमिनको सतहबाट १० किलोमिटर गहिराइमा गएको जनाइएको छ । उक्त ५.८ म्याग्निच्युडको भूकम्प जानुभन्दा करिव १८ मिनेट अगाडि सोही स्थानमा ५.७ म्याग्निच्युडको अर्को भूकम्प गएको सीईएनसीले उल्लेख गरेको छ । छोटो समयको अन्तरालमा एकै स्थानमा दुई वटा भूकम्पका धक्काहरू मापन गरिएका हुन् ।






