१३ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सामाजिक सद्भाव कायम राख्न राजनीतिक दलहरूको साझा प्रतिबद्धता, सरकारको भूमिकाप्रति काँग्रेसको प्रश्न

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न सबै राजनीतिक दलहरू एकमत हुनुपर्ने बताएका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अग्रसरतामा सुनसरीमा विकसित पछिल्लो घटनाक्रम र सामाजिक सद्भावको विषयमा छलफल गर्न बुधवार सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । सभापति थापाले वर्तमान संवेदनशील परिस्थितिमा प्रमुख राजनीतिक दलहरूलाई एकै ठाउँमा ल्याउने रास्वपा र सभापति रवि लामिछानेको पहलकदमीप्रति आभार प्रकट गरे । उनले नेपाली समाजको मेरुदण्डका रूपमा रहेको धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कुनै उपहार नभई नेपाली नागरिकहरूको साझा प्रयत्नबाट आर्जित पूँजी भएको उल्लेख गर्दै यसलाई जोगाउन सबैले धैर्यता र संयमता अपनाउनुपर्ने बताए ।

नेपाली काँग्रेसले यस विषयमा आफ्नो धारणा प्रष्ट पार्दै मातहतका पार्टी पङ्क्ति र स्थानीय जनप्रतिनिधिहरूलाई व्यक्तिगत तवरमै टेलिफोन गरी स्थानीय स्तरमा संवाद र सद्भावका कार्यक्रम सञ्चालन गर्न निर्देशन दिइसकेको जानकारी गराए । सभापति थापाले प्रभावित जिल्लाहरूमा सर्वदलीय प्रयासलाई तीव्रता दिँदै सम्भावित अवाञ्छित गतिविधि रोक्न प्रशासन, प्रेस र राजनीतिक दलहरूले ‘प्रो–एक्टिभ’ भएर लाग्नुपर्ने प्रस्ताव गरे । 

सभापति थापाले भन्नुभयो, ‘राष्ट्रिय स्वतन्त्र पार्टीले सुनसरीको वर्तमान घटनाको सन्दर्भमा साझा दृष्टिकोण बनाउन सर्वदलीय बैठकको पहल गरेकोमा नेपाली काँग्रेसले धन्यवाद र आभार व्यक्त गरेका छौँ । काँग्रेसले धार्मिक सहिष्णुता र सामाजिक सद्भाव नेपालको साझा सम्पत्ति भएकाले यसलाई जोगाउन सबैले संयम, धैर्य र संवादको बाटो अपनाउनुपर्छ । पार्टीले सार्वजनिक आह्वानसँगै आफ्ना नेता, कार्यकर्ता र स्थानीय जनप्रतिनिधिसँग निरन्तर समन्वय गरी शान्ति र सद्भाव कायम राख्न सक्रिय भूमिका निर्वाह गरिरहेका छौँ ।

साथै, प्रभावित जिल्ला तथा सम्भावित संवेदनशील क्षेत्रमा समेत सर्वदलीय समन्वय र पूर्वतयारका साथ शान्ति कायम राख्न सबै राजनीतिक दल, प्रशासन, सञ्चारमाध्यम र नागरिकलाई संयुक्त रूपमा आह्वान गर्ने प्रस्ताव गरेका छौँ । नेपाली काँग्रेसले यस अभियानमा आफ्नो जिम्मेवार भूमिका निरन्तर निर्वाह गर्नेछ ।’

सभापति थापाले संकटको समयमा सरकारको उपस्थिति प्रभावकारी नदेखिएको भन्दै आलोचना गरे ।  

0 Comments