काठमाडौँ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सर्वदलीय बैठक डाकेका छन् । सुनसरीमा भएको घटना र त्यसपछि उत्पन्न असामान्य परिस्थितिलाई लिएर सर्वदलीय बैठक आह्वान गरिएको हो ।
दिउँसो साढे १२ बजे बजे आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा आव्हान गरिएको बैठकमा सुरक्षा निकायसहित सुनसरीका प्रदेश सांसद र राजनीतिक दलका प्रदेशस्तरीय नेता सहभागी हुनेछ ।
शान्ति सुरक्षा र सामाजिक सद्भावलाई कायम राख्नेबारे छलफल हुने र प्रदेश सरकारको उपस्थिति प्रभावकारी बनाउने बारे बैठकमा छलफल हुने बताइएको छ ।






