१४ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बिमस्टेकका ६० प्रतिशत आयोजना कार्यान्वयनमा, विपद् व्यवस्थापन र ऊर्जा सहकार्यलाई तीव्रता दिइने

अ+ अ-

काठमाडौँ । बहु क्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)का महासचिव इन्द्रमणि पाण्डेले बिमस्टेक गुरुयोजना (मास्टर प्लान) अन्तर्गतका ६० प्रतिशत आयोजनाहरू कार्यान्वयनको चरणमा रहेको बताएका छन् । 

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान (आईएफए) द्वारा आयोजित ‘बिमस्टेक एट ३०: क्षेत्रीय सहयोग, एकीकरण र साझा समृद्धिका लागि जनस्तरको सम्बन्ध अभिवृद्धि’ विषयक उच्चस्तरीय नीति संवादमा उनले यस्तो बताएका हुन् । कार्यक्रममा महासचिव पाण्डेले बिमस्टेक सदस्य राष्ट्रहरूबीचको भौतिक तथा डिजिटल कनेक्टिभिटी, संस्कृति, ऊर्जा र विपद् व्यवस्थापनमा प्रगति भइरहेको बताए । समुन्द्री यातायात सहयोग सम्झौता सम्पन्न भएको र छिट्टै ‘बिमस्टेक मोटर भेहिकल एग्रिमेन्ट’ लाई अन्तिम रूप दिइने उनले बताए ।

भारतले दिगो समुन्द्री यातायात केन्द्र स्थापना गर्ने प्रस्ताव गरेको समेत उनले उल्लेख गरे । नेपालले संस्कृति, पर्यटन र गरिबी निवारण जस्ता महत्त्वपूर्ण क्षेत्रको नेतृत्व गरिरहेको चर्चा गर्दै महासचिव पाण्डेले जनस्तरको सम्बन्ध विस्तारमा नेपालको भूमिका प्रशंसनीय रहेको बताए । नेपालले पर्यटन र संस्कृतिको क्षेत्रमा ‘सेन्टर अफ एक्सीलेन्स’ स्थापना गर्ने प्रस्ताव अघि सारेको छ, जसलाई क्षेत्रीय सहयोगको क्षेत्रमा महत्त्वपूर्ण योगदानका रूपमा हेरिएको छ । यस्तै, गरिबी निवारण र जनस्तरको सम्पर्क मञ्च (पिपुल टु पिपुल कन्ट्याक्ट फोरम) मा पनि नेपालले सक्रियतापूर्वक काम गरिरहेको छ महासचिव पाण्डेले बताए  ।

क्षेत्रीय सुरक्षा र विपद् व्यवस्थापनका लागि ‘बिमस्टेक सेन्टर अफ एक्सीलेन्स इन डिजास्टर म्यानेजमेण्ट’ स्थापना गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको उनले जानकारी दिए । यसका लागि छ सदस्य राष्ट्रले समझदारी पत्रमा हस्ताक्षर गरिसकेका छन् र बाँकी एक देशको स्वीकृतिपछि यो पूर्ण रूपमा सञ्चालनमा आउनेछ ।

वातावरण र जलवायु परिवर्तनको क्षेत्रमा भुटानले नेतृत्व गरिरहेको जानकारी दिँदै महासचिव पाण्डेले पर्वतीय अर्थतन्त्रको महत्वबारे जोड दिए । उनले ‘बिमस्टेक मौसम र जलवायु केन्द्र’ क्षेत्रीय सहकार्यको एक सफल र जीवित उदाहरण भएको बताए । 

‘यस केन्द्रले सदस्य राष्ट्रहरूका मौसम विज्ञान विभागहरूलाई एक ठाउँमा ल्याएर उनीहरूको मागको आधारमा अनुकूलित मौसम पूर्वानुमान गर्दछ र पूर्व सूचना प्रणालीको क्षमता अभिवृद्धिमा काम गरिरहेको छ ।’ उनले भने,  ‘यो केन्द्र अहिले पूर्ण रूपमा कार्यात्मक छ र क्षेत्रीय सहकार्यमा महत्त्वपूर्ण योगदान पुर्‍याइरहेको छ ।’

नेपालका लागि ऊर्जा क्षेत्र अत्यन्त महत्त्वपूर्ण रहेको औँल्याउँदै महासचिव पाण्डेले ‘बिमस्टेक ग्रिड इन्टरकनेक्सन’ सम्झौता केवल एउटा योजना मात्र नभई सदस्य राष्ट्रहरूको ठोस प्रतिबद्धता भएको स्पष्ट पारे । उनकाअनुसार केही सदस्य राष्ट्रहरूबीच ग्रिड जोडिसकिएको छ भने अब नीतिगत पक्षहरूमा सहमति जुटाएर यस प्रस्तावलाई पूर्ण रूपमा वास्तविकतामा परिणत गरिनेछ ।

ग्रिड अन्तरसम्बन्धभन्दा अगाडि बढेर अब नवीकरणीय ऊर्जातर्फ ध्यान केन्द्रित गरिएको बताउँदै उनले अन्तर्राष्ट्रिय सौर्य गठबन्धनसँग मिलेर सौर्य ऊर्जा प्रवर्द्धन गर्ने योजना रहेको उल्लेख गरे । 

बिमस्टेक ऊर्जा केन्द्रले सञ्चालन गर्ने क्षमता अभिवृद्धि तालिमको उपयोगिताबारे बोल्दै उनले भने,  ‘यो केन्द्रले आयोजना गर्ने तालिम कार्यक्रमहरूमा सहभागी हुन कतिपय देशहरूले ३० देखि ४० जनासम्म मनोनयन गर्ने गरेका छन्, यसैबाट यस केन्द्रले खेलेको महत्त्वपूर्ण भूमिका स्पष्ट हुन्छ ।’

यस्तै, श्रीलंकामा स्थापना हुन लागेको ‘बिमस्टेक टेक्नोलोजी ट्रान्सफर फ्यासिलिटी’ को सञ्चालन ढाँचा तय गर्न आगामी सेप्टेम्बरमा महत्त्वपूर्ण समझदारी हुने उनले उल्लेख गरे ।

बिमस्टेकका हरेक कार्य योजनामा महिलाको प्रतिनिधित्व र नेतृत्वलाई मूल प्रवाहीकरण गर्न विज्ञ समूह गठन गर्ने प्रस्ताव सचिवालयले अघि सारेको छ । स्वास्थ्य क्षेत्रमा श्रीलङ्काको नेतृत्वमा महामारी पूर्व तयारी र प्रतिकार्यका योजनाहरू कार्यान्वयन भइरहेका छन् । थाइल्याण्डले यसअघि नै ‘बिमस्टेक सेन्टर अफ एक्सीलेन्स अन ट्रपिकल मेडिसिन’ सञ्चालनमा ल्याइसकेको छ ।

महासचिव पाण्डेले एशियाली विकास बैंकको सहयोगमा तयार पारिएको यातायात कनेक्टिभिटी गुरुयोजनालाई कोलम्बो शिखर सम्मेलनले अनुमोदन गरेयता सदस्य राष्ट्रहरू बाँकी आयोजनाहरू सम्पन्न गर्न प्रतिबद्ध रहेको बताए । बिमस्टेकको ३० औँ वार्षिकोत्सवका अवसरमा काठमाडौँमा विभिन्न कार्यक्रमहरू आयोजना गरिने र यसले क्षेत्रीय एकतालाई थप बल पुर्‍याउने विश्वास उनले व्यक्त गरे ।

0 Comments