१४ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सामाजिक सद्‌भाव कायम राख्न पूर्वराजा शाहको आग्रह

अ+ अ-

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले पछिल्ला समय सुनसरीसहित विभिन्न क्षेत्रमा देखिएका आपसी तनाव र विवादप्रति चिन्ता व्यक्त गर्दै सामाजिक एकता र पारस्परिक सद्‌भाव कायम राख्न सबै पक्षलाई आग्रह गरेका छन् ।

निर्मल निवासस्थित संवाद सचिवालयमार्फत सार्वजनिक गरिएको सन्देशमा उनले सुनसरीमा उत्पन्न द्वन्द्वका क्रममा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै त्यसको प्रभाव कोशी क्षेत्र हुँदै तराईका अन्य स्थानसम्म फैलिएको विषयलाई गम्भीर रूपमा लिएको उल्लेख गरेका छन् ।

नेपालको पहिचान बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक स्वरूपमा रहेको भन्दै पूर्वराजा शाहले यही विविधता राष्ट्रिय शक्ति र गौरवको आधार भएको बताएका छन् । उनले विविधताबीचको सहअस्तित्वमा कुनै किसिमको असर पर्न नहुनेमा जोड दिएका छन् ।

नेपाली समाज ऐतिहासिक रूपमा मेलमिलाप, सहिष्णुता र आपसी सहयोगको भावनामा अघि बढ्दै आएको उल्लेख गर्दै उनले सामाजिक सद्‌भावमा खलल पुग्ने गतिविधि देशका मौलिक मूल्य र मान्यतासँग मेल नखाने धारणा राखेका छन् ।

सन्देशमार्फत उनले भौगोलिक वा अन्य कुनै आधारमा विभाजन नभई सबै नेपाली एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका छन् । सामाजिक शान्ति र सहअस्तित्वका लागि सबै पक्षबाट संयमित व्यवहार आवश्यक रहेको उनको भनाइ छ ।

0 Comments