१४ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देवानगञ्ज र गोलबजार घटनाको विरोधमा सर्लाहीमा राँके जुलुस, शुक्रबार जिल्ला बन्दको घोषणा

अ+ अ-

देवानगञ्ज र गोलबजार घटनाको विरोधमा हिन्दु सम्राट सेना नेपालले सर्लाही सदरमुकाम मलंगवामा राँके जुलुससहित प्रदर्शन गर्दै निष्पक्ष छानबिन, दोषीमाथि कारबाहीको माग गरेको छ भने शुक्रबार जिल्ला बन्दको घोषणा गरेको छ।

सर्लाही । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटना तथा सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा भएको गोलीकाण्डको विरोधमा हिन्दु सम्राट सेना नेपालले बिहीबार साँझ सर्लाही सदरमुकाम मलंगवामा राँके जुलुससहित विरोध प्रदर्शन गरेको छ।

प्रदर्शनमा सहभागीहरूले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कडा कानुनी कारबाही, पीडित परिवारलाई उचित क्षतिपूर्ति तथा शान्ति–सुरक्षाको प्रत्याभूति गर्न सरकारसँग माग गरेका थिए। उनीहरूले विभिन्न नाराबाजी गर्दै मलंगवाको मुख्य बजार क्षेत्र परिक्रमा गरेका थिए।

यसअघि बिहीबार दिउँसो संगठनका कार्यकर्ताले नयाँ रोड–मधुवनी सडकखण्डअन्तर्गत सिसौट र रामबनबीच केही समय सडक अवरुद्ध गर्दै धर्ना तथा विरोध प्रदर्शनसमेत गरेका थिए।

हिन्दु सम्राट सेना नेपालले देवानगञ्ज र गोलबजार घटनाको विरोधस्वरूप साउन १५ गते शुक्रबार सर्लाही जिल्ला बन्दको घोषणा गरेको छ। संगठनले बन्दलाई शान्तिपूर्ण रूपमा सफल बनाउन जिल्लावासीसँग सहयोगको अपिल गरेको जनाएको छ।

साउन १० गते राति सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समूहबीच भएको हिंसात्मक घटनामा गोली लागेर ओमप्रकाश मेहताको मृत्यु भएको थियो। सोही घटनामा गम्भीर घाइते भएका देवानगञ्ज–३ का २२ वर्षीय जयप्रकाश मेहताको उपचारका क्रममा बिहीबार विराटनगरस्थित न्यूरो अस्पतालमा मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ।

यस्तै, बिहीबार सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर औरही गाउँपालिका–२ का करिब २० वर्षीय गणेश यादवको मृत्यु भएको छ।

यी घटनापछि मधेश तथा पूर्वी तराईका विभिन्न जिल्लामा विरोध प्रदर्शन तीव्र बन्दै गएको छ।

देवानगञ्जमा भएको हिंसात्मक घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिलाई एक साताभित्र प्रतिवेदन पेश गर्ने कार्यादेश दिइएको छ।

त्यस्तै, सिरहाको गोलबजारमा भएको गोलीकाण्डको छानबिनका लागि मधेश प्रदेश प्रहरी कार्यालयले प्रहरी उपरीक्षक (एसपी) भेषराज रिजालको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको छ। समितिले घटनाको कारण, सुरक्षा व्यवस्थापन तथा प्रहरीको भूमिकासहित समग्र विषयको अध्ययन गर्ने जनाइएको छ।

0 Comments