१५ श्रावण २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमाले र पार्टी नेतृत्वमाथि लगाइएका भ्रष्टाचारका आरोपहरू प्रमाणित गर्न सरकारलाई शंकर पोखरेलको चुनौती

अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले आफ्नो पार्टी र नेतृत्वमाथि लगाइएका भ्रष्टाचारका आरोपहरू प्रमाणित गर्न सरकारलाई चुनौती दिएका छन् ।

शुक्रवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले राजनीतिक प्रतिशोधका आधारमा एमालेलाई बद्नाम गर्ने प्रयास भइरहेको दाबी गरेका हुन् । उनले यती होल्डिङ्स, ओम्नी र गिरिबन्धु टी-स्टेट लगायतका प्रकरणमा एमालेलाई विनाकारण मुछिएको उल्लेख गरे । 

आर्थिक लेनदेन नै नभएको विषयमा भ्रष्टाचार कसरी हुन्छ ? महासचिव पोखरेलको प्रश्न छ । कतिपय विषयमा नीतिगत निर्णय मात्र भएका र कतिपयमा नीति निर्माणको प्रक्रिया पनि शुरु नभएको विषयमा पार्टीमाथि बद्नाम गरिएको बताए । 

पैसाको कारोबार नै नभएको विषयमा भ्रष्टाचार भयो भन्नु निराधार रहेको उनको दाबी छ । महासचिव पोखरेलले हाल एमाले सरकारमा नरहेको अवस्थामा सरकारले ती आरोपहरू पुष्टि गरेर देखाउनुपर्ने बताए। 

राजनीतिक प्रतिशोधका आधारमा नेताहरूलाई दुःख दिने काम भइरहेको भन्दै उनले विगतका घटनाहरूको स्मरण गराए । 

पार्टी अध्यक्षलाई १३ दिन र उपाध्यक्ष विष्णु पौडेललाई २५ दिन हिरासतमा राख्दा पनि कुनै प्रमाण जुटाउन नसकेको र मुद्दा दर्ता गर्न नसकेको उनको जिकिर छ । 

नेपालका राजनीतिक दलहरूमध्ये एमालेमा सबैभन्दा बढी इमान्दार नेता र कार्यकर्ता रहेको दाबी गर्दै महासचिव पोखरेलले सुशासनको प्रश्नमा आफ्नो पार्टी जुनसुकै परिस्थिति सामना गर्न तयार रहेको बताए । महासचिव पोखरेलले एमाले कार्यकर्ताहरूलाई पार्टीको स्वच्छ छवि र सुशासनप्रतिको प्रतिबद्धता लिएर जनतामाझ जान समेत आग्रह गरे ।

0 Comments