काठमाडौँ । प्रहरी वृत्त बौद्धका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सन्तोष रोकायालाई काठमाडौँ उपत्यका प्रहरी कार्यालयमा बोलाएर आवश्यक सोधपुछपछि काज सरुवा गरिएको छ ।
उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता गोविन्द थपलियाका अनुसार डीएसपी रोकायाविरुद्ध प्राप्त उजुरीका सम्बन्धमा थप बुझ्नुपर्ने भएकाले उनलाई कार्यालयमा उपस्थित गराइएको थियो ।
सोधपुछ प्रक्रिया पूरा भएपछि रोकायालाई बौद्ध वृत्तको जिम्मेवारीबाट हटाएर काज सरुवा गरिएको हो ।
यसैबीच, प्रहरी वृत्त बौद्धको नयाँ नेतृत्वका रूपमा डीएसपी मदन जित महारालाई खटाइएको प्रवक्ता थपलियाले जानकारी दिएका छन् ।






