भारत । भारतको दक्षिण-पश्चिमी राज्य महाराष्ट्रमा एक बहुतले आवासीय भवन भत्किँदा नौ जनाको मृत्यु भएको छ ।
बिहीवार राति भएको यस दुर्घटनामा अन्य धेरै व्यक्तिहरू भग्नावशेषमा पुरिएको स्थानीय अधिकारीहरूले शुक्रवार पुष्टि गरेका छन् । भारतको आर्थिक राजधानी मुम्बई नजिकै पर्ने भिवण्डी क्षेत्रमा उक्त दुर्घटना भएको हो ।
घटना पश्चात् रातभर उद्धार कार्य सञ्चालन गरिएको थियो । भग्नावशेषमुनि अझै केही मानिसहरू फसिरहेको आशङ्का गरिएको छ र उनीहरूलाई सुरक्षित बाहिर निकाल्ने प्रयास जारी रहेको छ ।
दुर्घटनाको विस्तृत विवरण आउन अझै बाँकी रहेको अधिकारीहरूले बताएका छन् ।






