१६ श्रावण २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रुसी मिसाइल र ड्रोन आक्रमणमा किएभमा तीन जनाको मृत्यु, दर्जनौँ घाइते

अ+ अ-

किएभ । रुसले शनिबार बिहान युक्रेनको राजधानी किएभलाई लक्षित गरी ब्यालिस्टिक मिसाइल र ड्रोनबाट गरेको भीषण आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् ।

किएभका मेयर भिताली क्लिट्स्कोका अनुसार सोलोमियान्स्की जिल्लामा मिसाइलका भग्नावशेष खस्दा पाँचतले आवासीय भवनमा क्षति पुगेको छ । भवनभित्र केही व्यक्ति फसेको आशंका गरिएको छ भने आँगनमा आगलागी भएको छ ।

शेभचेन्किभ्स्की जिल्लाको अर्को आवासीय भवनको पहिलो र दोस्रो तला आंशिक रूपमा भत्किँदा त्यहाँ पनि केही व्यक्ति फसेका छन् । राजधानीको डार्नित्स्की जिल्लासहित अन्य क्षेत्रमा गोदाम भवनमा आगलागी भएको क्लिट्स्कोले बताएका छन् । 

दुई दिनअघि रुसले युक्रेनभर गरेको व्यापक मिसाइल र ड्रोन आक्रमणमा १० सर्वसाधारणको मृत्यु भएको थियो भने ५० भन्दा बढी घाइते भएका थिए । सोही क्रममा एउटा रुसी मिसाइल पोल्यान्डको हवाई क्षेत्रमा प्रवेश गरेको थियो ।

यसैबीच, राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसको मिसाइल आक्रमणको सामना गर्न अमेरिका तथा अन्य पश्चिमी साझेदारसँग थप ‘प्याट्रियट’ हवाई प्रतिरक्षा प्रणाली उपलब्ध गराउन पुनः आग्रह गरेका छन् । 

शुक्रबार अमेरिकी उपराष्ट्रपति जेडी भान्ससँग भएको कुराकानीमा उनले यसै साता वासिङ्टनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको भेट सकारात्मक र फलदायी रहेको बताएका थिए । 

“रुसी हवाई आक्रमण निरन्तर भइरहेका छन् । विशेष गरी ब्यालिस्टिक मिसाइल रोक्न ‘प्याट्रियट’ प्रणालीका लागि इन्टरसेप्टर प्राप्त गर्नु हाम्रो उच्च प्राथमिकता हो,” जेलेन्स्कीले टेलिग्राममार्फत बताएका छन् । 

गत जुलाईमा अङ्कारामा सम्पन्न नेटो शिखर सम्मेलनमा राष्ट्रपति ट्रम्पले युक्रेनलाई थप ‘प्याट्रियट’ प्रणाली उपलब्ध गराउने सङ्केत दिएका थिए । तर शुक्रबार क्याम्प डेभिडमा बसेको मन्त्रिपरिषद् बैठकमा उनले यसबारे अन्तिम निर्णय भइनसकेको बताएका छन् । 

0 Comments