काठमाडौँ । मकवानपुर हेटौँडा उपमहानगरपालिका-१५ रातोमाटे चेकपोस्ट नजिकबाट १२.७६० ग्राम खैरो हेरोइनसहित चार जना पक्राउ परेका छन ।
विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले वीरगञ्जबाट हेटौँडातर्फ आउँदै गरेको प्रदेश ०३-००१ प ४९८६ नम्बरको मोटरसाइकललाई रोकी चेकजाँच गर्ने क्रममा मोटरसाइकलको पछाडि सवार हेटौँडा उपमहानगरपालिका १ चाइनागेट बस्ने अन्दाजी २८ वर्षीय भीमसेन राजथलाको पर्सबाट १२ ग्राम ७६० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने धुलो पदार्थ फेला परेको हो ।
पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका १ चाइनागेट बस्ने अन्दाजी २५ वर्षीय अर्जुन राजथला, सोही स्थान बस्ने अन्दाजी २८ वर्षीय भीमसेन राजथला, हेटौँडा उपमहानगरपालिका १ चाइनागेट बस्ने अन्दाजी ३४ वर्षीय रबिन न्यौपाने र हेटौँडा उपमहानगरपालिका ४ कर्रा बस्ने अन्दाजी २४ वर्षीय सन्देश घोरासाइनी रहेका छन् ।
प्रदेश ०३-००१ प ४९८६ नम्बर र ना ४४ प ४७८६ नम्बरका २ वटा मोटरसाइकल, बरामद लागुऔषध तथा पक्राउ परेका चारै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा थप अनुसन्धान भइरहेको छ ।






