काठमाडौँ । जिल्ला काठमाडौँ, बुढानीलकण्ठ नगरपालिका १३ चुनिखेलबाट सिक्री लुटपाट गरी फरार रहेका कर्मा तामाङलाई पक्राउ गर्ने क्रममा गोली प्रहार गरी नियन्त्रणमा लिइएको छ।
साउन १६ गते राति १०:२५ बजे उनलाई पक्राउ गर्न खोज्दा साथमा रहेको खुकुरीले प्रहरी माथि आक्रमण गर्ने प्रयास गरेपछि तीन राउण्ड गोली प्रहार गरिएको थियो ।
घाइते अवस्थामा नियन्त्रणमा लिइएका तामाङको साथबाट घटनामा प्रयोग भएको खुकुरीसमेत बरामद गरिएको छ । उनको काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ।






