१७ श्रावण २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘डिजिटल अर्थतन्त्रका लागि ‘ग्राण्ड रिफर्म’ र नीतिगत स्पष्टता आवश्यक’ : गगन थापा

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले नेपालको डिजिटल अर्थतन्त्र र सूचना प्रविधि क्षेत्रको विकासका लागि व्यापक नीतिगत सुधार (ग्राण्ड रिफर्म) को आवश्यकता रहेको बताएका छन् । 

पार्टी केन्द्रीय कार्यालय सानेपामा आईतवार आयोजित ‘डिजिटल इकोनोमी: स्थानीय रोजगार र पहुँच विश्व बजार’ विषयक कार्यक्रममा बोल्दै सभापति थापाले स-सानो सुधारले मात्र यो क्षेत्रमा फड्को मार्न नसकिने उल्लेख गरे । 

सभापति थापाले वर्तमान सरकार, विशेष गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरू सहभागी सरकारको डिजिटल अर्थतन्त्रप्रतिको धारणा र प्रतिविद्धतामा स्पष्टता खोजेका छन् । सूचना प्रविधिको क्षेत्रमा वैदेशिक लगानी भित्र्याउन र स्वदेशी स्टार्टअपलाई प्रोत्साहन गर्न कर प्रणाली प्रतिस्पर्धी र अनुमानयोग्य हुनुपर्नेमा उनले जोड दिए ।

नेपाली काँग्रेस राष्ट्रिय सभाको ठुलो दल भएको हैसियतले डिजिटल इकोनोमीसँग सम्बन्धित कानुनहरूलाई परिमार्जन गर्न नेतृत्वदायी भूमिका खेल्ने उनले बताए । राष्ट्रिय सभाबाट कानुन संशोधनको प्रक्रिया अघि बढाएर प्रतिनिधि सभालाई समेत सहमत गराउन सकिने उनको भनाइ छ । 

डिजिटल प्लेटफर्ममा आधारित रोजगारी (जस्तै: पठाओ, इनड्राइभर आदि) मा संलग्न युवाहरूको सामाजिक सुरक्षाको विषयलाई संसद्मा बहसको विषय बनाइनुपर्ने थापाले बताए । 

नयाँ प्रकृतिका रोजगारीलाई सामाजिक सुरक्षाको दायरामा कसरी ल्याउने भन्ने विषयमा ठोस नीतिको खाँचो रहेको उनको भनाइ छ । नेपालको शैक्षिक उत्पादन र बजारको मागबीच ठुलो खाडल (मिसम्याच) रहेको भन्दै उहाँले चिन्ता व्यक्त गरे ।

डिजिटल डिभाइड (पहुँचको खाडल) ले भोलिका दिनमा झन् ठुलो सामाजिक असमानता निम्त्याउने भन्दै उनले सरकारी विद्यालयमा प्रविधिको उच्चतम प्रयोग गर्न स्थानीय सरकारहरूलाई आग्रह गरे । 

डिजिटल गभर्नेन्सका नाममा सफ्टवेयर खरिद गर्ने मात्र नभई, त्यसले नागरिकको समय र लागत घटाए/नघटाएको मूल्यांकन गर्नुपर्नेमा थापाले जोड दिए । बागमती प्रदेश सरकारले डिजिटल क्षेत्रमा केही सकारात्मक सुरुवात गरेको उल्लेख गर्दै उनले अन्य प्रदेश र स्थानीय तहले पनि यसलाई प्राथमिकतामा राख्नुपर्ने बताए।

0 Comments