१७ श्रावण २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘नेपालसँग अब ढिलासुस्ती गर्ने समय छैन, आइटी क्षेत्रमा प्रतिस्पर्धात्मक सुधार आवश्यक’ : गगन थापा

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सूचना प्रविधि (आइटी) क्षेत्रको विश्वव्यापी प्रतिस्पर्धालाई ध्यानमा राख्दै नेपालले नीतिगत सुधार र कार्यान्वयनमा ढिलाइ गर्न नहुने बताएका छन्।

ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार आयोजित ‘डिजिटल इकोनोमी: स्थानीय रोजगार र पहुँच विश्व बजार’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले विश्व बजार तीव्र गतिमा परिवर्तन भइरहेका बेला नेपालसँग समय खेर फाल्ने अवस्था नरहेको उल्लेख गरे।

थापाले भारत, फिलिपिन्स र कजाकिस्तानलगायत मुलुकहरूले सूचना प्रविधि उद्योगलाई प्राथमिकतामा राखेर द्रुत गतिमा प्रतिस्पर्धात्मक क्षमता विस्तार गरिरहेको उल्लेख गर्दै नेपालले पनि सोही अनुरूप नीतिगत र प्रशासनिक सुधारलाई तीव्र बनाउनुपर्ने धारणा राखे।

उनका अनुसार आइटी क्षेत्रलाई आर्थिक विकास, रोजगारी सिर्जना र सेवा निर्यातको प्रमुख आधारका रूपमा विकास गर्न निर्णय प्रक्रियादेखि कार्यान्वयनसम्म चुस्तता आवश्यक छ।

कार्यक्रममा थापाले सत्ता साझेदार दलको संयन्त्रमा रहँदा विज्ञहरूसँगको परामर्शपछि सूचना प्रविधि क्षेत्र सुधारका लागि आवश्यक नीतिगत पहल अघि बढाइएको बताए। उनले ल्याइएका छवटा अध्यादेशमध्ये एउटा सूचना प्रविधि क्षेत्रसँग सम्बन्धित सुधारमा केन्द्रित रहेको उल्लेख गरे।

उनका अनुसार ती व्यवस्थामार्फत नेपाली आइटी कम्पनीलाई विदेशमा शाखा विस्तार गर्न तथा नेपालमा वैदेशिक प्रत्यक्ष लगानी (एफडीआई) भित्र्याउने प्रक्रियालाई सहज बनाउने प्रयास गरिएको छ।

थापाले नेपालमा सूचना प्रविधि क्षेत्रको सम्भावना उच्च रहेकाले त्यसलाई प्रभावकारी नीति, लगानीमैत्री वातावरण र छिटो कार्यान्वयनमार्फत उपयोग गर्नुपर्नेमा जोड दिए। उनले विश्वबजारको प्रतिस्पर्धामा टिक्न सरकार, निजी क्षेत्र र सरोकारवालाबीच समन्वित प्रयास अपरिहार्य रहेको बताए।

0 Comments