१८ श्रावण २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चितवनबाट गत एक वर्षमा ८९ जना बेपत्ता, खोजी जारी

अ+ अ-

चितवन । जिल्लाबाट बेपत्ता भएका व्यक्ति मध्ये ८९ अझै सम्पर्कमा आउन सकेका छैनन् । गत आर्थिक वर्षमा मानिस बेपत्ताको निवेदन परेअनुसार ७६४ व्यक्ति बेपत्ताका थिए । बेपत्ताको खोजतलास जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले जानकारी दिए ।

उनका अनुसार बेपत्ताकामध्ये ६७५ जनालाई जिल्लाका विभिन्न स्थानबाट उद्धार गरी परिवारको जिम्मा लगाइएको छ । कतिपय व्यक्ति नारायणी नदीमा हाम फालेर बेपत्ता हुने र त्यहाँ हाम फालेको विषय थाहा नहुँदा हराएको सूचीमा पर्ने गरेको उनले बताए ।

यसैगरी, घर फर्किएकाहरू कतिपयले प्रहरीमा जानकारी नगराउँदा पनि बेपत्ताकाको सङ्ख्या बढी भएको हो । सुरुमा प्रहरीमा टिपाएको नम्बर पछि परिवर्तन हुने र सम्पर्क नहुने हुँदा प्रहरीले बेपत्ताको सूचीमा राख्ने गरेको छ ।

विगत तीन आर्थिक वर्षमा बेपत्ता मानिसको सङ्ख्या बढ्दो क्रममा रहेको छ । आर्थिक वर्ष २०८०/८१ मा ४८७ जना बेपत्ता भएकामा ४७५ जना फेला परेका थिए भने १२ जनाको खोजतलास जारी छ । यस्तै, आर्थिक वर्ष २०८१/८२ मा ५५३ जना बेपत्ताका थिए । यसमध्ये ५४० जना भेटिएका थिए भने १३ जनाको खोजतलास भइरहेको उनले बताए ।

उनका अनुसार गत आर्थिक वर्षमा घरेलु हिंसासम्बन्धी ३८१ निवेदन परेका छन् । जसमध्ये ३०५ को मिलापत्र भएका छन् भने ७१ मुद्दा अदालतमा दर्ता भएको प्रहरी प्रमुख पौडेलले जानकारी दिए । परेका निवेदनमध्ये पाँच अझै छलफलका क्रममा छन् । आर्थिक वर्ष २०८१/८२ मा ५४२ निवेदन परेका थिए । यसमध्ये ४६९ निवेदन मिलापत्र भएको थियो । ७३ निवेदन मिलापत्र हुन नसकेर अदालतमा गएको दर्ता भएका थिए । आर्थिक वर्ष २०८०/८१ मा ४९० वटा घरेलु हिंसाका मुद्दा दर्ता भएका थिए । यसमध्ये ४११ मिलापत्र भएको थियो भने ७९ मुद्दा अदालतमा दर्ता भएका थिए ।

सोही समयमा दुई हजार ३०५ ठाडा उजुरी परेका छन् । यसमध्ये जिल्ला प्रहरी कार्यालयमा परेका एक हजार ८७८ वटा र जिल्ला प्रशासन कार्यालयबाट प्राप्त ४२७  ठाडो उजुरी प्राप्त भएको थियो । यसमध्ये दुई हजार १०८ वटा मिलापत्र गरिएको छ । फर्छ्यौट गर्न बाँकी रहेको १९७ उजुरी रहेको कार्यालयको तथ्यांकमा उल्लेख छ ।

0 Comments