१८ श्रावण २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मनसुनजन्य विपद्को जोखिम बढेपछि सतर्कता अपनाउन प्रशासनको आग्रह

अ+ अ-

पर्सा। जिल्ला प्रशासन कार्यालय तथा जिल्ला विपद् व्यवस्थापन समितिले मनसुनका कारण हुन सक्ने सम्भावित विपद्प्रति सचेत रहन नागरिकलाई आग्रह गरेको छ।

समितिले एक सूचना जारी गर्दै जल तथा मौसम विज्ञान विभागको पछिल्लो पूर्वानुमानअनुसार केही क्षेत्रमा अत्यधिक वर्षा हुन सक्ने, नदी तथा खोलामा पानीको सतह बढ्न सक्ने र होचा भू-भागमा डुबानको जोखिम रहेको जनाएको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै प्रभावित क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको हो।

विपद्को पूर्वतयारी र क्षति न्यूनीकरणका लागि स्थानीय स्तरमा सुरक्षित आश्रयस्थल तथा खुला क्षेत्र पहिचान गर्न प्रशासनले अनुरोध गरेको छ। साथै मौसम पूर्वानुमान महाशाखाबाट जारी हुने आधिकारिक सूचना तथा सञ्चारमाध्यममार्फत प्राप्त जानकारी नियमित रूपमा लिन पनि आग्रह गरिएको छ।

प्रशासनले विपद्को समयमा आवश्यक पर्न सक्ने महत्वपूर्ण कागजात, नागरिकता, जग्गाधनी प्रमाण पुर्जा, शैक्षिक प्रमाणपत्रलगायतका सामग्री सुरक्षित स्थानमा राख्न सुझाव दिएको छ। त्यस्तै, आकस्मिक अवस्थाका लागि सुक्खा खानेकुरा, आवश्यक औषधि र सफा पिउने पानीसहितको आपत्कालीन झोला तयारी अवस्थामा राख्न पनि अनुरोध गरिएको छ।

मनसुनजन्य विपद् भएमा तत्काल उद्धार, खोज तथा राहत कार्यका लागि सुरक्षा निकाय र जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रलाई २४ घण्टा तयारी अवस्थामा राखिएको प्रशासनले जनाएको छ।

प्रशासनले विपद्को अवस्थामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल वा जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रका आधिकारिक सम्पर्क माध्यममार्फत तत्काल जानकारी गराउन नागरिकलाई आग्रह गरेको छ।

0 Comments