२३ श्रावण २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वाग्मती सफाइ अभियान: आज चार मेट्रिकटन नकुहिने फोहर संकलन

अ+ अ-

काठमाडौँ । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ आज पनि पशुपति क्षेत्रस्थित गुह्येश्वरी फाँटमा सफाइ गरी नकुहिने चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । वाग्मती सफाइ अभियानको ६९१औँ हप्तामा यस क्षेत्रमा सरसफाइ गरी चार मेट्रिकटन फोहर व्यवस्थापन गरिएको हो । 

पछिल्लो समय यस क्षेत्रमा नकुहिने फोहर बढेपछि गत हप्तादेखि यस क्षेत्रमा सरसफाइ हुँदै आएको छ । सफाइका क्रममा कुहिने फोहर भने यहीँ खाडल खनेर गाडिएको अभियानकर्मी किशोरसिंह शाहीले राससलाई जानकारी दिए। उनका अनुसार सो अवसरमा वाग्मती नदी किनारमा विभिन्न जातका १५० बिरुवा रोपिएको छ । 

आज वाग्मती सफाइ अभियानका प्रमुख अभियानकर्मी एवं पूर्वमुख्यसचिव लीलामणि पौडेललगायत अन्य अभियानकर्मी, यस क्षेत्रका विभिन्न विद्यालयका विद्यार्थी, गुह्येश्वरीमाथिको वाग्मती सफाइ अभियानका अभियानकर्मी, अधिकार सम्पनी वाग्मती सभ्यता एकीकृत विकास समितिका कर्मचारी, तिलगङ्गा महिला समूह, नदी संरक्षण संस्थालगायत प्रतिनिधिहरूको सहभागिता थियो । 

अर्को हप्ता साउन ३० गते शनिबार पनि यही स्थानमा सफाइ गरिने जनाइएको छ । विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको वाग्मती सफाइ अभियान प्रत्येक हप्ता शनिबार बिहान दुई घण्टा हुँदै आएको छ । भूकम्प, नाकाबन्दी, कोरोना महामारी, चाडपर्व, वर्षा, जाडोजस्ता प्रतिकूल अवस्थामा पनि वाग्मती सफाइ अभियान जारी छ । 

वाग्मती सफाइ महाअभियानको प्रेरणाले यसका सहायक नदी, चक्रपथका विभिन्न खण्ड, विभिन्न सम्पदा स्थलमा पनि सफाइ भइरहेको छ । यसैगरी काठमाडौँ उपत्यका बाहिरका मुख्य मुख्य सहर, मुख्यमुख्य नदी र सम्पदास्थलमा पनि सफाइ अभियान सुरु भएको छ । हाल देशभर १०८ भन्दा बढी स्थानमा सफाइ भइरहेको जनाइएको छ ।

0 Comments