२३ श्रावण २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘समृद्धिका लागि अनुसन्धान, नवप्रवर्तन र आविष्कारलाई प्राथमिकता दिएको हो’: मन्त्री पुन

अ+ अ-

म्याग्दी । विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महावीर पुनले नेपालको समृद्धिका लागि सरकारले अनुसन्धान, नवप्रवर्तन र आविष्कारलाई सरकारले प्राथमिकता दिएको बताएका छन् । 

धवलागिरि गाउँपालिका समाजले आज काठमाडौँमा आयोजना गरेको समृद्ध म्याग्दीमा जनप्रतिनिधिहरूको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा मन्त्री पुनले नेपालमा आवश्यक औजार, उपकरण, सामग्री र वस्तुको उत्पादन गरी रोजगारी सिर्जना तथा आयात घटाउन अनुसन्धानमा जोड दिइएको बताए। 

“ओझेलमा परेको अनुसन्धान र आविस्कारको क्षेत्रमा वर्तमान सरकारले प्राथमिकता दिएको छ”, म्याग्दीबाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेका उनले भने, “देशका लागि आवश्यक जनशक्ति उत्पादन गर्ने र दक्ष जनशक्तिलाई अवसरका लागि पलायन हुन नदिने गरी मन्त्रालयले कार्यक्रम बनाएको छ ।”

मन्त्री पुनका साथै धवलागिरि, मालिका र अन्नपूर्ण गाउँपालिकाका जनप्रतिनिधि र काठमाडौँमा बसोबास गर्ने म्याग्दीवासीहरूबीच म्याग्दीलाई कसरी समृद्ध बनाउन सकिन्छ भन्ने विषयमा छलफल भएको थियो । कृषिको आधुनिकीकरण, जलविद्युत्, पर्यटन, पशुपालनको माध्यमबाट म्याग्दीलाई समृद्ध बनाउन सकिने उनको भनाइ थियो । 

म्याग्दीमा प्रमुख सामाजिक समस्याको रूपमा रहेको मेलाजात्रालाई व्यवस्थित नगरेसम्म शिक्षा क्षेत्रको सुधार हुन् नसक्ने मन्त्री पुनले बताए । “टोलटोलमा लगातार मेला जात्रा लगाउँदा किशोर किशोरीहरूको पढाइ नराम्ररी बिग्रेको छ”, उनले भने, “नामका लागि विदेशबाट मेलाका लागि लाखौँ रकम प्रायोजन गर्ने र गाउँमा हप्तौँ मेला लगाउने चलन हटाउन सकेमा म्याग्दीको शिक्षा र समाजको सुधार हुन्छ ।”

संघीय सरकारले यस वर्ष धवलागिरि गाउँपालिकाको मुदीदेखि गुर्जा हुँदै ढोरपाटनको जलजला र अन्नपूर्ण गाउँपालिकाको दोवादेखि सोवाङ धुरी हुँदै रघुगंगा गाउँपालिकाको चिम खोला जोड्ने दुई वटा नयाँ पदमार्ग सञ्चालनमा ल्याउने बताए । 

बेनी–दरवाङ सडकको फापर खेत र बेनी–जोमसोम सडकको सिरुवारी पहिरो नियन्त्रणको काम वर्खा सकिने बित्तिकै सुरु हुने मन्त्री पुनले जानकारी गराए । संघीय सरकारले म्याग्दीमा रणनीतिक महत्वका सडक आयोजनालाई प्राथमिकता दिने बताए । 

पाकिस्तानको ब्रड पिक आरोहणका क्रममा दिवङ्गत भएका म्याग्दीमा जन्मिएका पर्वतरोही निर्मल पुर्जासहितका पर्वतारोहीहरूको सम्मानमा सरकारले उचित निर्णय लिने मन्त्री पुनको भनाइ थियो । 

धवलागिरिका अध्यक्ष प्रेमप्रसाद पुन, उपाध्यक्ष रेशम पुन मगर, मालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजा र अन्नपूर्णका अध्यक्ष भारतकुमार पुन लगायतले म्याग्दीको सम्भावना, आवश्यकता भएका कामको विषयमा मन्त्री पुनको ध्यानाकर्षण गराएका थिए । 

0 Comments