२४ श्रावण २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रास्वपाले भदौदेखि नागरिकसँग मन्त्रीको प्रत्यक्ष संवाद थाल्ने

अ+ अ-

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारमा सहभागी आफ्ना मन्त्री र नागरिकबीच प्रत्यक्ष संवादको व्यवस्था गर्न ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने भएको छ।

आगामी भदौदेखि सुरु हुने कार्यक्रममार्फत मन्त्रीहरूलाई नागरिकका समस्या, गुनासा तथा सुझावसँग प्रत्यक्ष जोड्ने तयारी गरिएको हो।

रास्वपा सहमहामन्त्री असिम शाहले जारी गरेको विज्ञप्तिअनुसार सरकारमा रहेका पार्टीका मन्त्रीले प्रत्येक महिना कम्तीमा एक पटक अनिवार्य रूपमा केन्द्रीय पार्टी कार्यालयमा उपस्थित भई कार्यक्रममार्फत नागरिकसँग संवाद गर्नुपर्नेछ।

कार्यक्रमको पहिलो चरणमा साँझ ५ देखि ६ बजेसम्म सर्वसाधारणसँग प्रत्यक्ष भेटघाट हुनेछ। उक्त अवधिमा सम्बन्धित मन्त्रीले नागरिकबाट प्राप्त समस्या, अपेक्षा, गुनासा तथा सुझाव सुन्ने व्यवस्था गरिएको छ।

त्यसपछि सञ्चालन हुने नेतृत्व संवादमा मन्त्रीसँगै पार्टीका केन्द्रीय सदस्य र सांसद सहभागी हुनेछन्। नागरिकबाट उठाइएका विषय तथा समसामयिक र नीतिगत मुद्दामाथि छलफल गरी पार्टीको धारणा निर्माण गर्ने उद्देश्य उक्त चरणको रहेको रास्वपाले जनाएको छ।

पार्टीका अनुसार कार्यक्रमले नागरिक तहमा रहेका विषयलाई सरकारी नीति तथा कार्यान्वयन प्रक्रियासम्म पुर्‍याउने माध्यमका रूपमा काम गर्नेछ। नागरिकका वास्तविक आवश्यकता बुझेर त्यसका आधारमा राष्ट्रिय नीति तथा कानुन निर्माणमा योगदान पुर्‍याउने लक्ष्यसमेत राखिएको छ।

सरकारमा रहेका मन्त्रीलाई नागरिकप्रति थप प्रत्यक्ष उत्तरदायी बनाउनुका साथै पार्टी, सरकार र व्यवस्थापिकाबीचको समन्वयलाई प्रभावकारी बनाउने उद्देश्य पनि कार्यक्रमको रहेको विज्ञप्तिमा उल्लेख छ।

0 Comments