काठमाडौँ । जिल्ला मकवानपुर, बागमती गाउँपालिका-९ बेतिनी अगौटेबाट एक थान पेस्तोल र उक्त पेस्तोलको म्यागजिन बरामद गरिएको छ ।
बागमती गाउँपालिका–९ बेतिनी अगौटेस्थित एक घरमा पेस्तोल लुकाएर राखिएको विशेष सूचनाका आधारमा सोमबार चेकजाँच गरिएको थियो ।चेकजाँचका क्रममा अगौटे बस्ने १९ वर्षीय टेकबहादुर सिङतानको घरबाट पेस्तोल बरामद भएको हो ।
बालुवा–सिमेन्टले बनेको जस्ताले छाएको दुई तले घरको माथिल्लो तलाको चोटामा रहेको जेब्रा झोलाभित्र रातो टी–सर्टले बेरेर रातो प्लास्टिकमा लुकाइराखेको अवस्थामा ‘नं.०१७११०’ लेखिएको एउटा पेस्तोल र उक्त पेस्तोलको एउटा म्यागजिन बरामद गरिएको हो ।
उक्त घटना सम्बन्धमा जिल्ला मकवानपुर, बागमती गाउँपालिका -९ बेतिनी अगौटे बस्ने १९ वर्षीय टेकबहादुर सिङतानलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको छ ।






