२५ श्रावण २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ह्वाइट हाउसको मुख्य कानुनी सल्लाहकारमा विल शार्फ नियुक्त

अ+ अ-

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विल शार्फलाई राष्ट्रपतिको सहायक र ह्वाइट हाउस काउन्सिल (मुख्य कानुनी सल्लाहकार) नियुक्त गर्ने घोषणा गरेका छन् । आगामी सेप्टेम्बर १ देखि लागू हुने गरी ट्रम्पले आइतबार आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत सो जानकारी दिएको हो । हाल ह्वाइट हाउसको स्टाफ सेक्रेटरीको जिम्मेवारी सम्हालिरहेका शार्फले यसअघि नेसनल क्यापिटल प्लानिङ कमिसनको अध्यक्षका रूपमा समेत सेवा गरिसक्नुभएको छ ।

नियुक्तिको घोषणा गर्दै ट्रम्पले शार्फको कार्यक्षमताको प्रशंसा गरेका छन् । शार्फसँग संघीय अभियोजन र निजी क्षेत्रमा अधिवक्ताका रूपमा काम गरेको लामो अनुभव छ । उनले दुई वटा संघीय पुनरावेदन अदालतका न्यायाधीशहरूको कानुनी सहयोगी (क्लर्क) का रूपमा समेत काम गरेका थिए । ट्रम्पकाअनुसार शार्फले बाइडेन प्रशासनको समयमा आफ्ना विरुद्ध चलाइएका विभिन्न कानुनी मुद्दाहरूमा सर्वोच्च अदालतसम्म उनको पक्षबाट प्रतिनिधित्व गरेका थिए ।

अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार शार्फले ह्वाइट हाउसको ४० करोड डलर लागतको बलरुम परियोजना स्वीकृत गराउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । यद्यपि, वासिङ्टन डिसीको संघीय पुनरावेदन अदालतले हालै उक्त परियोजनालाई गैर कानुनी ठहर गरेको छ र यो मुद्दा छिट्टै सर्वोच्च अदालत पुग्न सक्ने सम्भावना छ । 

शार्फले डेभिड वासिङ्टनको स्थान लिनेछन्, जो अब निजी क्षेत्रमा आबद्ध हुन लागेको ट्रम्पले उल्लेख गरेका छन् । 

0 Comments