काठमाडौँ । जिल्ला पाल्पा, तिनाउ गाउँपालिका-४ चिउरीडाँडामा पिकअप जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।
बिहान करिब ७ बजेको समयमा लु १ ज २२३७ नम्बरको मुस्ताङ पिकअप जिप अनियन्त्रित भई सडकबाट करिब ११० मिटर तल खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा जिपमा सवार चालकसहित १० जना घाइते भएका छन् । घाइतेमध्ये १ जनाको अवस्था गम्भीर र ९ जनाको अवस्था मध्यम रहेको छ ।
घाइतेहरूको उद्धार गरी लुम्बिनी प्रादेशिक अस्पतालमा लागि उपचार भइरहेको छ । दुर्घटना सम्बन्धमा थप अनुसन्धान समेत भइरहेको छ ।






