२५ श्रावण २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘गगन थापालाई गाली गरेर महत्त्व नदिनुस्, केही नभन्नु नै सबैभन्दा ठूलो अपमान हो’ : डा. शशांक कोइराला

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीभित्रका नेताहरूको आलोचना गरेर उनीहरूलाई थप महत्त्व नदिन कार्यकर्ताहरूलाई आग्रह गरेका छन् । 

सोमवार काठमाडौंमा नेपाली काँग्रेस सिन्धु–काठमाडौँले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले पार्टीका सभापति गगन थापाप्रति लक्षित गर्दै गाली गर्नुभन्दा मौन रहनु नै उचित हुने बताएका हुन् । 

अरूलाई कुरूप देखाएर आफू सुन्दर बन्न नसकिने तर्क गर्दै उनले काँग्रेस आफैँमा एक सुन्दर र गौरवशाली इतिहास भएको पार्टी भएको दाबी गरे । नेपाली काँग्रेसलाई ‘बुढाहरूको पार्टी’ भन्ने गरिएको आरोपप्रति टिप्पणी गर्दै कोइरालाले अबको भविष्य युवाहरूकै भएको र उनीहरूलाई नै नेतृत्वका लागि तयार पार्नुपर्नेमा जोड दिए। काँग्रेसको ऐतिहासिक योगदानको चर्चा गर्दै नेता कोइरालाले वीपी कोइराला र कृष्णप्रसाद कोइरालाको संघर्षले नै नेपाली जनताले अधिकार प्राप्त गरेको स्मरण गराए ।  

नेता कोइरालाले भने, ‘अब हामीलाई आरोप लगाइन्छ भने यो सब बुढाहरूको पार्टी हो भनेर । र भविष्य तपाईँहरूको हो । हामी त बुढा भइसक्यौँ । कुन दिन माथि जान्छौँ । त्यसैले तपाईँहरूलाई तयारीका साथ हामीले तपाईँहरूलाई तयार पार्नुपर्छ । नेपाली काँग्रेस भनेको के हो ? पहिले त्यो राम्ररी बुझ्नुपर्‍यो । हेर्नुस्, अरूलाई कुरूप देखेर आफू सुन्दर हुँदैन । आफूलाई नै सुन्दर पार्नुपर्‍यो । त्यहीअनुसार नेपाली काँग्रेस अत्यन्त सुन्दर पार्टी हो । यसको इतिहास सुन्दर छ । ७० वर्षदेखि मलाई त छक्क लाग्छ कि यत्रो संघर्ष वीपी कोइरालाले उहाँका पिताजी कृष्णप्रसाद कोइरालाले शुरु गर्नुभएको । कत्रो संघर्ष, जीवनभर संघर्ष गर्नुभयो । केको लागि भनेको हाम्रो अधिकार दिलाउनको लागि । अधिकारबाट वञ्चित नहुनको लागि । स्वतन्त्र पार्नको लागि। नेपाललाई परिचय दिनको लागि राष्ट्रिय मञ्चमा कि नेपाल पनि एउटा देश हो भनेर । म तपाईंलाई स्मरण गराउन चाहन्छु, पहिलो नेपाल यस्तो राष्ट्र हो जसलाई इजरायलले, पहिलो एशियन कन्ट्री हो जसले रिकग्नाइज गर्‍यो इजरायललाई वीपी कोइरालाले । किनभने उहाँले उनीहरूको संघर्ष बुझ्नुभएको थियो । यहुदीहरूलाई जुन दमन गर्या थिए सेकेन्ड वल्र्ड वारमा यहुदीहरूमाथि यत्रो अत्याचार भएको थियो । त्यो उहाँले पीडा बुझ्नुभएको थियो । हो त्यस्तै गरी धेरै ऐतिहासिक कामहरू नेपाली काँग्रेसले गरेका छन् । त्यसैले मैले अघि भनेँ नि अरूलाई कुरूप हेरेर आफू सुन्दर हुँदैन । हामी गगन थापालाई किन गाली गर्छौँ ? गाली गर्नै पर्दैन । हैन र ? गाली गर्‍यो भने झन् उसलाई महत्त्व दिएको हुन्छ । त्यसैले किन तपाईंहरू गाली गर्नुहुन्छ ? केही भन्दै नभन्नुस् । त्यो नै सबभन्दा ठूलो अपमान हो । अब अब अरू के भनौँ ? हेर्नुस्, मैले आफ्नो जीवनमा आज मलाई अत्यन्त अप्ठ्यारो ठाउँमा उभाइदिनुभएको छ नेताहरूले । संयोजक बनाएर । म म एक्लो मान्छे हो । तर म के चाहन्छु भने सबै समावेश गरेर। त्यसैले पार्टीलाई एक गर्ने मेरो प्राथमिकता हो ।’

आफूलाई पार्टीले अहिले कठिन परिस्थितिमा संयोजकको जिम्मेवारी सुम्पेको उल्लेख गर्दै डा. कोइरालाले सबै पक्षलाई समेटेर पार्टीलाई एकतावद्ध बनाउनु नै आफ्नो मुख्य प्राथमिकता रहेको स्पष्ट पारे । उनले पार्टीको इतिहास र सिद्धान्तलाई गहिराइपूर्वक बुझेर अघि बढ्न कार्यकर्ताहरूलाई आह्वान समेत गरे । 

0 Comments