२५ श्रावण २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१९ वर्षीय युवक पेस्तोलसहित पक्राउ

अ+ अ-

काठमाडौँ । प्रहरीले अवैध रूपमा हातहतियार लुकाइछिपाइ राखेको आरोपमा १९ वर्षीय एक युवकलाई पक्राउ गरेको छ। मकवानपुरस्थित उनको घरमा खानतलासी गर्दा खाली म्याग्जिनसहितको पेस्तोल बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा मकवानपुरको बागमती गाउँपालिका-९ अगौटे घर भई हाल काठमाडौँ महानगरपालिका–७ चाबहिल बस्ने १९ वर्षीय टेकबहादुर सिङ्तान रहेका छन्।

अवैध रूपमा हातहतियार लुकाइछिपाइ राखेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त बानेश्वरबाट खटिएको टोलीले उनलाई काठमाडौँ महानगरपालिका-३१ मिनभवनबाट फेला पारेको थियो।

प्रहरीका अनुसार सोधपुछका क्रममा सिङ्तानले हतियार मकवानपुरस्थित घरमा लुकाएर राखेको बताएका थिए। त्यसपछि इलाका प्रहरी कार्यालय फापरबारी, मकवानपुरसँग समन्वय गरी उनको घरमा खानतलासी गरिएको थियो।

खानतलासीका क्रममा मोडल नखुलेको, मजलमा ‘०१७११०’ लेखिएको खाली म्याग्जिनसहितको एक थान पेस्तोल फेला परेको प्रहरीले जनाएको छ।

बरामद हतियारसहित सिङ्तानलाई नियन्त्रणमा लिएर हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ। काठमाडौँ जिल्ला अदालतबाट चार दिनको म्याद थप अनुमति लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

0 Comments