काठमाडौँ । दुई वटा संसदीय समितिको बैठक बस्दै छ । संघीय संसद् सचिवालयका अनुसार, सार्वजनिक लेखा समिति र विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्ने कार्यसूची छ ।
बिहान ११ बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा ‘ २०८२ भदौ २३ र २४ गते भएको आन्दोलन र घटनाका कारण जलेका स्रेस्ता सम्बन्धमा’ छलफल गर्ने कार्यक्रम छ । विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्दै छ । सो समितिको बैठकमा ‘डिजिटल अर्थतन्त्रको सम्बन्धमा छलफल’ गर्ने कार्यसूची छ ।






