काठमाडौँ । जिल्ला पर्सा, पटेर्वा सुगौली गाउँपालिका-३ सोनबर्साबाट १०५ किलो लागुऔषध गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।
मंगलबार राति करिब ९ बजे इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली र इलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको संयुक्त टोलीले देश भारत बिहार राज्य, बेतिया जिल्ला, उजहरुपरजिलवा भागा श्रीनगर-३ ठेगाना भएका अन्दाजी ५० वर्षीय सउरु चौधरीलाई १०५ किलो गाँजा सहित पक्राउ गरिएको हो । उक्त घटनासम्बन्धीमा थप अनुसन्धान भइरहेको छ ।






