२६ श्रावण २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फिलिपिन्सको पहिरोमा परी चार जनाको मृत्यु, ६ जना बेपत्ता

अ+ अ-

काठमाडौँ । उत्तरी फिलिपिन्सको बागुयो शहरमा भीषण पहिरो जाँदा चार जनाको मृत्यु भएको छ भने अन्य ६ जना अझै बेपत्ता भएका छन् । आइतबार साँझ गएको सो पहिरोले तीन वटा घर पुरेको स्थानीय सञ्चारमाध्यमले सोमवार जानकारी दिएका छन् ।

प्रहरीकाअनुसार बागुयो शहरको गुइसाड सुरोङस्थित रिभरसाइड क्षेत्रमा स्थानीय समयअनुसार आइतबार राति करिव ७ बजे पहिरो खसेको थियो । पहिरोमा परी कुल १३ जना पुरिएकोमा सोमबार बिहानसम्म सात जनालाई भग्नावशेषबाट जीवितै उद्धार गरिएको छ । मृत्यु हुनेहरूमा १७ वर्षीया एक किशोरी, दुई जना ९ वर्षीय बालक र ५६ वर्षीय एक पुरुष रहेका छन् ।

उद्धार गरिएकामध्ये गम्भीर घाइते तीन जनाको हाल अस्पतालमा उपचार भइरहेको छ । वर्षा जारी रहेकै अवस्थामा पनि उद्धारकर्मीहरूले बेपत्ताहरूको खोजी कार्यलाई निरन्तरता दिएका छन् । पहिरोको जोखिमका कारण हालसम्म १४ परिवारका ६२ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ भने अन्य सात जनालाई स्थानीय वडा कार्यालयमा आश्रय दिइएको छ । 

0 Comments