२६ श्रावण २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्रीको कार्यशैली र सरकारको कार्यसम्पादनप्रति काँग्रेस सांसद स्वाँरको आलोचना

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद भरतबहादुर स्वाँरले प्रधानमन्त्रीको अभिव्यक्ति, सीमा समस्या र सरकारको फितलो कार्यसम्पादनलाई लिएर आलोचना गरेका छन् ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद स्वाँरले राष्ट्रिय सार्वभौमिकता, सुशासन र जनसरोकारका विषयमा सरकार गम्भीर नभएको आरोप लगाएका हुन् । सांसद स्वाँरले प्रधानमन्त्रीले नै ‘नेपालले भारतको जग्गा मिचेको’ भनी दिएको भनिएको अभिव्यक्तिको विरोध गर्दै यसले राष्ट्रको स्वाभिमानमा चोट पुर्‍याएको उल्लेख गरे । भारतले लिम्पियाधुरा, कालापानी र सुस्ता लगायतका नेपाली भूभाग अतिक्रमण गरेको तथ्य जगजाहेर हुँदाहुँदै पनि प्रधानमन्त्री मूकदर्शक बनेको र उल्टै विवादास्पद अभिव्यक्ति दिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे ।

साथै, नयाँ जारी गरिएको चुच्चे नक्शा एक रुपैयाँको सिक्कामा नराखिएको विषयमा पनि उनले सरकारको नियतमाथि प्रश्न उठाउनु भयो । भ्रष्टाचारका सन्दर्भमा बोल्दै सांसद स्वाँरले सबै राजनीतिक दलका नेता, कर्मचारी र तिनका आफन्तहरूको सम्पत्ति छानबिन गर्न सरकारलाई चुनौती दिए । उनले विभिन्न समयमा गठित छानबिन समितिका प्रतिवेदनहरू सार्वजनिक नगरेर सरकारले दोषीलाई संरक्षण गरिरहेको आरोप समेत लगाए ।

सदनमा प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै उनले भने, ‘सभामुखले पटक–पटक आग्रह गर्दा पनि प्रधानमन्त्री सदनमा आएर जवाफ दिन तयार हुनुहुन्न । उहाँ कुन बाध्यताका कारण पन्छिरहनुभएको छ ? मैले व्यक्तिगत स्वार्थका लागि होइन, सुदूरपश्चिमका जनताका समस्या राख्न समय मागेको थिएँ । जनप्रतिनिधिलाई समय नदिनु समग्र सुदूरपश्चिमका जनतामाथिको अपमान हो ।’

मुलुकको आर्थिक र प्रशासनिक अवस्थाबारे चर्चा गर्दै उनले विद्युत् महसुलमा लगाइएको भ्याट, राहदानी र सवारी चालक अनुमति पत्र लिन जनताले भोग्नुपरेको सास्ती, र स्वास्थ्य बीमा प्रभावकारी नभएको विषयमा सरकारको ध्यानाकर्षण गराए । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकले प्रधानमन्त्रीका कतिपय दाबीहरूको खण्डन गरेको उल्लेख गर्दै उनले सरकारका तथ्यांक र वास्तविकतामा ठूलो खाडल रहेको बताए ।

0 Comments